सि.टा.समाचारदाता
सिमकोट । मानसरोवर बहुमुखी क्याम्पसले जलवायु परिवर्तन सम्वन्धि शनिबार गोष्ठी आयोजना गरेको छ । बिश्व विद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा क्याम्पसले सो गोष्ठी आयोजना गरेको हो ।
गोष्ठीमा पछिल्लो समय जिल्लामा जलवायु परिवर्तनको असरबाट जोगिनका लागि अनुकलनका कार्यक्रम तर्जुमा गर्न माग गरिएको छ । कार्यक्रमका सहाभागी सुरेश परियारले जलवायु परिवर्तनको असर जिल्लाभर परि रहेकोले त्यसलाई त्यसबाट जोगिनका लागि अनुकलनका कार्यक्रमहरु सञ्चालन गर्न माग गरे ।
उनले जलवायु परिवर्तनको मारमा बिशेष गरि कृषि क्षेत्र परेको र अब यस क्षेत्रमा काम गर्ने निकायहरुले बृद्धि भएको तापक्रम अनुसारका कार्यक्रम तय गर्नु पर्ने बताए । यदी यसको असर अनुसारका कार्यक्रमहरु तय नहुने हो भने कृषि क्षेत्र नराम्ररी प्रभावित हुने उनले बताए ।
कार्यक्रममा सहभागी बिधार्थी नरेन्द्र भण्डारीले जलवायु परिवर्तनका असरसंग घुलमिल हुने बीउ र प्रबिधि भित्र्याउने हो भने कृषि क्षेत्र नराम्ररी प्रभाावित हुने बताए । अब परम्परग ढङ्गबाटै कृषि क्षेत्रका काार्यक्रमहरु तर्जुमा भए त्यो काम नलग्ने बताउदै उनले यसतर्फ सोच्नु पर्ने अवस्था आएको बताए । उच्च हिमाली क्षेत्रमा कहिल्यै नपाक्ने बालीहरु पाक्न थालेको बताउदै उनले अब कृषि क्षेत्रमा काम गर्ने निकायहरुले यसतर्फ ध्यान दिन जरुरी रहेको बताए ।
कार्यक्रममा मानसरोवर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दिपक भण्डारीले जलवायु परिवर्तनको असरबाट जिल्लामाा कृषि क्षेत्र माात्र नभएर हिउदमा हिउ कम पर्दा हिमालहरु हिउ विनाका देखिन थालेको बताए । यसका लागि बन जङ्गल जोगाउने र बृक्षारोपणकाा कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने उनले बताए ।
क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष बिरजंग शाहीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा कृषि बिकास कार्यालयका प्रमुख चुणामणी पन्तले जलवायु परिवर्तन विषयक कार्यपत्र गोष्ठीमा प्रस्तुत गरेका थिए ।
कार्यपत्रमा परिवर्तनले पारेका असर, यसको समाधानका उपायहरु, जलवायु परिवर्तनको कारण, प्रभावित क्षेत्र लगाएतका विषयहरु समेटिएका थिए । उनले सहभागीको जिज्ञासामा अब आफ्नो कार्यलय जलवायु परिवर्तनका असर मैत्री कार्यक्रममा केन्द्रीत हुने बताए । गतवर्ष पनि मानसरोवर बहुमुखी क्याम्पसले यो कार्यक्रम सञ्चालन गरेको थियो ।
















