सि.टा. समाचारदाता
सिमकोट । नेपाल पत्रकार महासंघको ७० औं स्थापना दिवसको अवसरमा जिल्ला अस्पतालमा भर्ना भएका बिरामीहरुलई सहयोग गरिएको छ ।

उक्त सहयोग नेपाल पत्रकर महसंघ हुम्ला शाखाको आयोजनामा प्रदान गरिएको छ । महासंघ स्थापना दिवसको पछिल्लो दिन पारेर जिल्ला अस्पतालमा भर्ना भएका बिरामीहरुलाई हर्लिक्स र अण्डा बितरण गरिएकाे महासंघ हुम्लाका उपाध्यक्ष सुरेश परियरले बताए ।
महासंघ हुम्लाका अध्यक्षा राजन रावतको नेतृत्वमा गएको टोलीले दश जना बिरामीलाई बितरण गरिएको हो । बिरामीहरुलाई पोषणयुक्त खानेकुराले स्वास्थ्यमा सुधार आओस भन्नका लागि प्रदान गरिएको हो ।
बिरामीलाई यी खानेकुरा स्वास्थ्य सेवा कार्यालयकी प्रमुख चिकीत्सक प्रतिक्षा भारती महास.घका पुर्व अध्यक्षद्धय कर्णबहादुर रोकाया र अर्जुन बोहरा, उपाध्यक्ष परियार, सदस्य लोग भण्डारी, संस्थापक सदस्य मिमसिंह नेपाली पत्रकार बेलु महाताराले बितरण गरेका थिए ।

यो कार्यक्रम महासंघले चैत १६ गते राखेकोमा राजावादीहरुको आन्दोलनका क्रममा काठमाडौंमा फोटो र भिडियो संकलन गरि रहेका पत्रकार सुरेश रजकको हत्याको कारण महासंघ केन्द्रले यो कार्यक्रा स्थगित गरेको थियो । सवै तयारी भएको कारण चैत १७ गते आज बितरण गरिएको हो ।












