सि.टा. समाचारदाता
सिमकोट । काठमाडौं केन्द्रीत नेपाल शिक्षक महासंघको आन्दोलनलाई सर्मथ गदै हुम्लाका शिक्षकहरुले पचास हजार रुपियाँ काठमाडौं पठाउने भएका छन् । महासंघमा आवद्ध हुम्लाका शिक्षक संगठनका प्रतिनिधिहरुबिच जिल्लामा वसेको बैठकले केन्द्रीय आन्दोलन परिचालन समितिलाई सो सहयोग गर्ने निर्णय गरेको हो ।
काठमाडौंमा जारी आन्दोलनमा हुम्लाका अधिकाँस शिक्षक भौगोलिक कठिनाई र यातायात समास्याको कारण जान नसक्ने भएपछि जिल्लाबाट पचास हजार रुपियाँ अतिरिक्त सहयोग गर्ने निर्णय भएको शिक्षक संघका सचिव लक्ष्मण बोहराले बताए । यो सहयोग आन्दोलन परिचालन खर्चका लागि पठाउन लागिएको उनले बताए ।
यो सहयोग नविकरण शुल्क बाहेको रकम हो । हुम्लबट एक जना शिक्षक आन्दोलनमा काठमाडौंमा जान एक लाख रुपियाँ खर्च लाग्ने छ । त्यो पनि सडक मार्ग चैत २५ गतेबाट बन्द हुँदैछ भने हवाई मार्ग नियमित छैन । त्यसैगरि काठमाडौं महासंघले आम शैक्षिक हडताललाई सहयोग गर्न जिल्लामा पनि संयोजन समिति गठन गरिएको छ ।
शिक्षक मेजबहादुर बुढाको संयोजकत्वमा तेह्र सदस्यीय समिति गठन गरिएको छ । जिल्लामा महासंघ गठन नभएको कारण महासंघका आवद्ध संघ संगठनले हडतालको नेतृत्व लिनका लागि संघ संगठनहरुलाई जिम्मेवारी तोकिएको छ ।
२५ गते नेपाल शिक्षक संघ, २६ गते नेपाल राष्ट्रिय शिक्षक संगठन, अखिल नेपाल शिक्षक संगठन २८ गते विद्यालय कर्मचारी परिषदले संयोजन गर्नेछन । त्यसपछि पनि आन्दोलन जारी रहेका क्रमश संयोजन गरिनेछ ।
























