सि.टा समाचारदाता
सिमकोट । हाल काठमाडौं र हुम्ला जिल्लामा सञ्चालनमा रहेको शैक्षिक हडतालमा उठेका माग सम्बोधन गरेर विद्यालयमा पठनपाठनको ब्यवस्था गर्न हुम्लाका बिधार्थीहरुले माग गरेका छन । बुधबार शिक्षक महासंघको आन्दोलनलाई सर्मथन गर्दै आयोजना गरिएको आन्दोलनको सार्थकता सम्वन्धि सरोकारवालासंगको बहस कार्यक्रममा बिधार्थीहरुले सो माग राखेका हुन । कार्यक्रममा आफ्नो भनाई राख्दै बालमन्दिर माविका बिधार्थी रमित भण्डारीले पठनपाठन माथि खेलवाड नगर्न माग गरे ।

सरकारले शिक्षक जायज मागहरु तत्काल पुरा गरेर आन्दोलन रोक्न र विद्यालयमा पुर्ववर्ती अवस्था झै पठनपाठनको बाताबरण बनाउन उनले माग गरे । देशका अन्य जिल्लामा शैक्षिक सत्र बैशाख १ गतेबट हुने भएको कारण पठनपाठन सुरु नभएको भएपनि हिमाली जिल्ला हुम्लामा फागुन २ गतेबाट नयाँ शैक्षिक सत्र सुरु भएको कारण पढाई सुचारु अवस्थामा रहेको थियो । करिव एक महिना विद्यालयमा राम्रोसंग पठनपाठन भई रहेको वेला महासंघको आन्दोलनले विद्यालय बन्द हुँदा पठनपाठन रोकिएको उनले बताए ।
अर्का मानसरोवर नमूना माविका बिधार्थीहरु विद्या बुढाले बिधार्थीहरुको पढाईको चिन्ता गर्न सरकारसंग आग्रह गरे । विद्यालय बन्द भएको आठ दिन भएको बताउदै कोर्ष नसकिएको त्यसको जिम्मेवार को हुने भनेर उनले प्रश्ना समेत तेस्र्याए । शिक्षकले राखेका मागहरु जायजै भएकोले त्यसलाई छोटो बाटोबाट सम्बोधन गर्न पनि उनले सरकारसंग माग गरे । मानसरोवर नमूना माविकी छात्रा छवाङछुङ्मा लामा कक्षा हुनु पर्ने शिक्षक सडकमा आन्दोलन गरि रहेको कारण पढाई प्रभावित भएको बताईन ।

शिक्षकलाई मानसम्मान गर्न नसकिएको बताउदै उनले कसरी हुन्छ विद्यालयमा पढाई सुचारु गर्ने बाताबरण सृजना गर्न सरकारसंग माग उनले गरिन । शिक्षकका माग सरकारले पुरा गर्नु पर्ने र शिक्षकले पनि सरकारसंग बार्तामा गएर समस्याको समाधान खोज्न उनले आग्रह गरिन । पठनपाठन बन्द भएपनि बिधार्थीहरु हिजोआज भौतारिने अवस्थमा पुगेको बताउदै यो समस्या बुझ्न उनले सरोकारवाला पक्षसंग आग्रह गरिन ।
























