नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल हुम्ला आउने

सि.टा. समाचारदाता
सि.टा.। पुर्व प्रधानमन्त्री एवं नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल हुम्ला जिल्लामा आउने भएका छन । एकिकृत समाजवादीको दशौ जिल्ला अधिबेशनको उद्घाटन कार्यक्रमका लागि अध्यक्ष नेपाल हुम्ला आउन लागेका हुन ।
सो पार्टीको दशौ जिल्ला अधिबेशन आगामी बैशाख १५ र १६ गते हुने भएको छ ।

पार्टीको दशौ जिल्ला अधिबेशन अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगरमा आयोजना गर्न लागिएको र सो को उद्घाटन गर्न पार्टी अध्यक्ष नेपाल हुम्ल आउने कार्यक्रम रहेको उक्त पार्टीका जिल्ला अध्यक्ष जोसी धामीले जानकारी दिए । यसअघि सदरमुकाम सिमकोटमा गर्ने भनिएको भएपनि सडक यातायात सहज नभएको कारण पछि सचिवालय बैठकले श्रीनगरमा आयोजना गर्ने निर्णय गरेको हो ।

त्यसका लागि ताँजाकोट, अदानचुली, चंखेली र सर्केगार्ड गाउपालिकामा पालिका अधिबेशन सम्पन्न भई सकेका छन । भने अव सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिकामा पार्टीको जिल्ला अधिबेशनपछि पालिका अधिबेशन हुनेछन । जिल्ला अधिबेशनका लागि १८८ जना प्रतिनिधिहरुले सहभागिता जनाउनेछन ।

पाँच जना सदस्य बराबर एक जना अधिबेशन प्रतिनिधि सहभागीता गर्न पाउने एीककृत समाजवादीको बिधानमा ब्यवस्था रहेको छ । यसअघि नै सो पार्टीले आफ्नो लाेगो सार्वजनिक गरि सकेको छ ।