सशस्त्र प्रहरी बल नेपालको वोर्डर आउट पोष्ट हिल्सामा जनशक्ति थप

फोटो क्याप्सन : सदरमुकाम सिमकोटबाट हिल्सातर्फ जानु अघि बुधबार बिहान गुल्ममा टोलीलाई निर्देशन दिईदै । तस्बिर : सि.टा

सि.टा. समाचारदाता

सिमकोट ।      नेपाल र चीनको सिमाना हिल्सामा सशस्त्र प्हरी बलको वोर्डर आउट पोष्ट ( भिओपी ) थप बलका लागि जनशक्ति थप्ने कार्य भएको छ ।

सरकारको पछिल्लो निर्णय र निर्देशन अनुसार जिल्ला मै भएको जनशक्तिबाट सिमा नाकाको विओपी हिल्सामा पठाईएको हो ।

सरकारको निदेीशन कार्यान्वयन गर्दै थप जनशक्ति गुल्मबाट विओपीमा पठाएको सशस्त्र प्हरी नावय उपरिक्षक पुस्कार बहादुर सिंहले बताए ।

सरकारले सिमा क्षेत्रका नाकामा सुरक्षा ब्यवस्था कडा र प्रभावकारी बनाउन जनशक्ति थप गर्ने निर्देशन गरेको थियो । त्यस अनुसार हिमाली जिल्ला हुम्लाको सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्म सिमकोटले सो निर्देशन कार्यान्वयन गर्दै नौ जना जनशक्ति सिमकोटबाट हिल्सातर्फ पठाएको हो ।

थप जनशक्तिलाई बुधबार बिहान गाडीमा नारासम्म पठाएको र नारा लेकबाट हिल्सातर्फ सडकमा हिउ जमेको कारण सो टोली पैदल हिडेर हिल्सामा बुधबारै पुगेको थियो । हाल सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा एक प्लाटुन रहनेछ । त्यसमा थप जनशक्ति गुल्मबाट पठाएपछि हिल्साको प्लाटुनमा आवश्यक जनशक्ति पुरा भएको छ ।

हिल्सा नाकामा सुरक्षा ब्यवस्था कडा गर्न यो जनशक्ति गुल्मबाट घटाएर पठाईएको हो । थपिएको जनशक्तिका साथै बिओपी हिल्सालाई सिमा सुरक्षाका साथै अन्य अवान्छित गतिविधिहरु नियन्त्रण गर्न सघाउ पुग्ने बिस्वास गरिएको छ ।

बिओपी हिल्साले हिल्साबाट किट क्षेत्रका सिमा स्तम्भहरुको दैनिक अनुगमन गर्ने कार्यका साथै सिमानामा पनि सुरक्षा दिने कार्य गर्दै आएको छ । जनशक्ति थप भएपछि हिल्साबाट हाल एउटा टोलीले सिमा स्तम्भहरुको अनुगमन गरि रहेको अबस्थामा अब दुई टोलीले अनुगमन गर्न सुरु गरिने छ ।

सरकारले नीति नै परिवर्तन गरेर सिमा क्षेत्रमा अन्यत्रबाट जनशक्तिको ब्यवस्था गरेर भएपनि बिओपलई मजवुद बनाउने निर्देशन केही दिन अगाडी आएको र त्यसै अनुसार थप जनशक्ति हिल्सा पठाएको कार्य भएको हो ।

यसले सिमा क्षेत्रमा हुने अन्य दुई देश बिरुद्धका गतिविधिहशर नियन्त्रण गर्न पनि सघाउ पुर्याउने बिस्वास गरिएको छ ।