सि.टा. समाचारदाता
सिमकोट । चालु आर्थिक वर्ष सम्पन्न हुन अब जम्मा तीन महिना मात्र बाँकी रहँदा बार्षिब रुपमा आउने औषधी यतिबेला आई पुगेको छ । सो औषधी प्रदेश आपुर्ती निर्देशनलय सुर्खेतले खरिद गरेर चैत अन्तिम साता पैदल मार्गबाट ढुवानी गरेर हुम्ला पठाईएको हो ।
प्रयोगका लागि छोटो अवधि बाँकी रहेको औषधी स्वास्थ्य सेवा कार्यालय हुम्लामा ढुवानी भएर आई पुगेको छ ।
बिरामीहरुलाई प्रयोगका लागि चारदेखि पाँच महिना अवधि मात्र बाँकी रहेको औषधी कर्णाली प्रदेश आपुर्ती निर्देशनालयले पैदल मार्गबाट ढुवानी गरेर पठाएको औषधी कार्यालयमा आई पुगेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख उमाकान्त तिवारीले बताए ।
चालु आर्थिक वर्षका लागि प्रयोग गर्नुपर्ने उक्त औषधी आर्थिक वर्ष सम्पन्न हुन तीन महिना मात्र बाँकी रहेको बेला आई पुगेको होे । एक सय भन्दा बढी कार्टुन उक्त औषधी सवै सरकारले निशुल्क रुपमा बिरामीलाई बितरण गर्ने औषधी हो ।
हुम्ला जस्तो दुर्गम जिल्लामा छोटो अवधि प्रयोगका लागि समय रहेको औषधी पठाउनु नै अनुपयुक्त भएको उनले बताए ।
सो औषधी समय मै पठाउनका लागि पटक पटक प्रदेश आपुर्ती निर्देशनालयलाई पत्राचार गर्दा खरिद नै नभएको जवाफ आउने गरेको बताउदै उनले त्यसको परिणाम हुम्लाले छोटो अवधि भएको औषधी पाउनु परेको भनाई उनको छ । अवधि छोटो भएको कारण धेरै औषधी नष्ट गर्नु पर्ने बाध्यता आउनेमा आफुलाई शंका लागेको उनले बताए ।
२५ प्रकारका सरकारले निशुल्क रुपमा बिरामीलाई उपलब्ध गराउने औषधी एक लाख मुल्य बराबरको रहेको छ । यतिबेला आई पुगेको सो औषधी अब स्वास्थय सेवा कार्यालयले गाउँपालिकाहरुमा पनि पठाउनु पर्नेछ ।
गत साउन महिनायता यी औषधीको अभाव भएपछि प्रदेशमा मागेर चलाउनुका साथै गाउँपालिकाबाट सापटी समेत अस्पतालले लिनु परेको थियो । यसरी प्रदेश आपुर्ती निर्देशनालयले खरिद गरेर पठाउने औषधी
समय मै खरिदको ब्यवस्था गरेर पठाउने ब्यवस्था मिलाउन उहाँले सम्बद्ध पक्षलाई सुझाव दिए ।
























