कर्णालीका हक्की खेलाडी धुलाम्मे मैदानमा अभ्यास गर्न बाध्य

फोटो क्याप्सन शनिबार बिहान धुलाम्मे मैदानमा अभ्यास गर्दै हक्कीका खेलाडीहरु । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । कर्णाली प्रदेशका हक्की खेलाडी हाल सिमकोटस्थित धुलाम्मे खेल मैदानमा अभ्यास खेल खेल्न बाध्य हुदै आउनु भएको छ । अभ्यासका लागि अन्य बिकल्प नभएको र कर्णाली प्रदेशबाट राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनु पर्ने भएपछि धुलाम्मे मैदानमा खेलाडीले अभ्यास गरि रहेका हुन   ।

कुनै राष्ट्रिय तथा प्रदेश स्तरीय हक्की प्रतियोगिता सञ्चालन हुने भएपछि कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने हुम्ला जिल्लाका हक्की खेलाडीहरुले धुलाम्मे मैदानमा अभ्यास गर्नु पर्ने बाध्यता सधै रहेको हक्की संघ हुम्लाका अध्यक्ष रामजन रावतले बताए ।

कर्णाली प्रदेशबाट राष्ट्रिय प्रतियोगितामा भाग लिने सवै खेलाडी हुम्ला जिल्लाका रहेका र अन्यत्र गएर अभ्यास गर्न आथिृक रुपमा कठिनाई भएपनि धुलाम्मे मैदानमा अभ्यास गर्नै पर्ने बाध्यता रहेको उनको भनाई रहेको छ । बैशाख १७ गतेबाट काठमाडौंको च्यासलमा राष्ट्रिय हक्की प्रतियोगिता हुँदैछ । सो प्रतियोगितामा भाग लिनका लागि हुम्ला जिल्लाका १६ जना खेलाडीहरु तीन महिनादेखि धुलाम्मे मैदानमा अभ्यास गरि रहेका छन् ।

धुलाे भएको मैदानमा हक्की खेल खेल्नु पर्ने भएपनि हुम्लामा त्यो संभव छैन । हुम्लामा अभ्यास गरि रहेका खेलाडीहरु उक्त प्रतियोगितामा भाग लिन बैशाख १४ गते जिल्लाबाट काठमाडौंतर्फ लाग्ने कार्यक्रम रहेको छ ।