रामजन रावत अखिल नेपाल खेलकुद महासंघ हुम्लाको अध्यक्षमा चयन

फोटो क्याप्सन महासंघको अध्यक्षमा चयन भएपछि रावतको टाली । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । नेकपा (माओवादी केन्द्र ) भातृ संघठन अखिल नेपाल खेलकुद महासङ्ग हुम्लाको अध्यक्षमा रामजन रावत चयन भएका छन । महासंघको पहिले अधिबेशनले रावतको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।

पहिलो जिल्ला अधिबेशनले सर्वसम्मत चयन गरेका पदाधिकारीहरुमा रावत अध्यक्ष, खुमबहादुर रावल उपाध्यक्ष, डिलबहादुर फडेरा सचिब, सहसचिब सुमन नेपाली, बिकास सार्की कोषध्यक्ष चयन गरेको छ ।

२७ सदस्यीय सम्पूर्ण निर्बाचित टिमलाई हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना । त्यसैगरि अधिबेशनले २२ जना सदस्य समेत चयन गरेको छ । अध्यक्षमा चयन रावत हक्की संघ हुम्लाको अध्यक्ष समेत रहेका छन ।

उनले खेलकुद क्षेत्रको बिकासका लागि लाग्ने प्रतिबद्धता ब्यक्त गरे । यसअघि अधिबेशनको उद्घाटन सत्रमा नेकपा माओबादी केन्द्रका सचिव धर्मराज बोहरा लगाएतले शुभकामना दिएका थिए ।