नेपाल उत्पीडित जातीय मुक्ति समाजको अध्यक्षमा टमटा

लोग भण्डारी
सिमकोट । नेकपा एमालेको जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजको अध्यक्षमा लालधन टमटा चयन भएका छन् । समाजको सातौ जिल्ला अधिबेशनले टमटा सहित जिल्ला कार्य समिति चयन गरेको हो ।

सातौँ जिल्ला अधिवेशनले अध्यक्षमा टमट्टा, उपाध्यक्ष लक्ष्मी परियार र वाँचकन्या परियार, सचिव उब्जन बिक, उपसिचवमा आईतराम बिक र सुनमती दमाइ, कोषाध्यक्षा अमनी कटुवाललाई चयन गरेको एमाले हुम्लाका उपाध्यक्ष प्रकाश बहादुर शाहीले बताएका छन् ।

त्यसैगरि समाजको अधिबेशनले एउटा गाँउपालिकाबाट तीन जना र बाँकी तीन जना मनोनित गरेर २४ जना सदस्यहरु पनि चयन गरेको छ । सवै पदाधिकारी र सदस्यहरु सर्वसम्मत चयन भएका हुन । अध्यक्षमा चयन भएपछि टमटाले संगठनलई वडासम्म बिस्तार गर्ने कार्यमा लाग्ने जानकारी दिए ।

अधिबेशन जिल्लाको मध्य भागको सर्केगाड गाउँपालिकामा सम्पन्न भएको हो । अधिबेशनको उद्घाटन सत्रका लागि एमाले उपाध्यक्ष शाही, सचिव तीर्थराज बोहरा लगाएतका नेताहरुको उपस्थिती रहेको थियो ।