सि.टा. समाचारदाता
सिमकोट । ललितपुरंको हात्ती बनस्थित एजे प्वाईनिर नीजि विद्यालयम अध्ययरत बिधार्थीहरुले हुम्लाको नाम्खा गाउँपालिका– ३ खगालगाउँँको मोतिराम आधारभूत विद्यालयमा अध्ययनरत बिधार्थीहरुलाई स्टेस्नरी सहयोग गरेको छ । उक्त विद्यालयका बिधार्थीहरुद्धारा ब्यक्तिगत रुपमा स्टेस्नरी सहयोग गरिएको हो ।
शहरका बिधार्थीहरु मिलेर दुरदराजको विद्यालयमा अध्ययनरत बिधार्थीहरुलाई स्टेस्नरी सहयोग प्राप्त भएको र सो सहयोग प्राप्त स्टेस्नरी बुधबार विद्यालयमा अध्ययनरत सबै बिधार्थीहरुलाई बितरण गरिएको उक्त विद्यालयका प्रधानाध्यापक पासाङ लामाले बताए ।
सहयोग प्राप्त स्टेस्नरी छ महिनाका लागि पुग्ने र यतिबेला दुई महिनाका लागि पुग्ने गरि बिधार्थीहरुलाई सहयोग गरिएको उहाँले बताउनुभयो । बाँकी स्टेस्नरी विद्यालयमै राखिएको छ ।
आवश्यकताका आधार बिधार्थीहरुलाई ती स्टेस्नरी प्रदान गरिने छ । कक्षा पाँचसम्म अध्ययन हुने सो विद्यालयमा हाल ३४ जना बिधार्थीहरु अध्ययन गर्दै आएका छन । यो सहयोग रोटरी क्लव अफ पशुपति काठमाडौंको सहजिकरणमा प्राप्त भएको हो ।
उक्त विद्यालयका बिधार्थीहरुले दुर्गमका विद्यालयमा अध्ययनरत बिधार्थीहरुलाई स्टेस्नरी सहयोग गर्दै आएको र यस पटक हुम्लाका बिधार्थीहरुलाई प्रदान गरिएको छ ।
पछि आवश्यक परे उपलब्ध गराउने प्रतिबद्धता समेत प्राप्त भएको उहाँले बताउनुभयो । यो सहयोग दुर्गमका जेहेदार बिधार्थीहरुका लागि निक्कै उपयोगी र महत्वपुर्ण हुने बिस्वास स्टेस्नरी प्रदान गर्ने नीजि विद्यालयका बिधार्थीहरुले गर्नु भएको छ ।



















