वाईसिएल नेपाल कर्णाली प्रदेशको अध्यक्षमा वली चयन

फोटो क्याप्सन नयाँ चयन भएको वाईसिएन नेपाल कर्णाली प्रदेशको टिम । तस्बिर सौजन्य विशाल रोकाया

सि.टा. समाचारदाता
सिमकोट । नेकपा माओवादी जनवर्गीय संगठन वाई.सि.एल नेपाल कर्णाली प्रदेशको प्रथम सम्मेलनबाट कमल सोनाम वलीे अध्यक्षतामा चयन भएका छन । उनी लगाएत सिंगो प्रदेश कमिटीलाई सर्वसम्मत चयन गरेको हो ।

अधिबेशनले अध्यक्ष वली , उपाध्यक्षत्रयमा प्रतिभा वली, हंस बस्नेत, विशाल रोकाया, सचिब लोकेन्द्र राणा , सात जनासह सचिवमा दिपक बिष्ट, प्रेम नेपाली, लामन प्रसाद रिजाल, सुर्य फडेरा, प्रयागराज दाहाल , रमेश बुढाथोकी र कृष्णा शाही, कोषाध्यक्षमा तिलक प्रसाद पान्डेयलाई चयन गरेको छ ।

त्यसैगरि अधिबेशनले ५८ जना सदस्यहरु पनि चयन गरेको छ । चयन भएको टिमलाई बिहीबारै पद तथा गोपनियताका शफथ खुवाउनुका साथै प्रमाणपत्र समेत प्रदान गरिएको थियो । अधिबेशन बैशाख २९ गते सुरु भएको थियो । पार्टी अध्यक्ष प्रचण्डले सो अधिबेशनको उद्घाटन गरेका थिए ।