लोग भण्डारी
सि.टा. । बच्चा जन्मेको पैतीस दिन भित्र जन्म दर्ता गराउने बालबालिकाको संङ्ख्या बृद्धि भएको छ । कानुनी समय सीमा भित्र जन्म दर्ता गर्दाको महत्वको बारेमा चेतना जगाउने कार्य भएपछि स्थानीयहरु निर्धारित मितिमा जन्म दर्ता गराउने कार्य गर्दे आउनु भएको हो ।
जन्मदर्ताको कानुनी महत्व र यसको सामाजिक प्रभावका बारेमा जानकारी पाएपछि बच्चा जन्मेको पैतीस दिन भित्रै स्थानीय पञ्जिकरण शाखामा जन्म दर्ता गराउनेको सङ्ख्या बृद्धि भएको सर्केगार्ड गाउँपालिका– ७ का जानकी काकीले बताईन ।
अझ समय मै जन्म दर्ता गराउनका लागि र्याली निकालेर गाउँगाउमा प्रचार प्रसार गर्न थालेपछि बच्चा जन्मने बित्तिक्कै दर्ता गराउने कार्य हुने गरेको उनको े भनाई छ । उनले हाल जन्म दर्ता नभएको बालबालिका गाउँमा कोही पनि नभएको बताईन ।
सार्केगाड गाउँपालिका–७ को रोडीकोटको कार्कीवाडा र खार्पुनाथ गाउँपालिका–१ को लालीमा “बालअधिकारको सुरुवात जन्मदर्ताबाट” भन्ने नारासहित जन्मदर्ता अभियान सम्पन्न गरिएको गुडनेवर्स इन्टरनेस्नल नेपालका कर्यक्रम अधिकृत गोविन्द चौधरीले बताए ।
जनचेतना जोगाउनका लागि आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक–अभिभावक संघका प्रतिनिधि, विद्यार्थी लगायत १७४ जना सहभागीता रहेको थियो । जसमा पहिलो दिन रोडीकोटमा सञ्चालन भएको कार्यक्रममा ५७ र दोस्रो दिन लालीमा ११७ जनाको सहभागिता रहेको थियो ।
अभियानको महत्वपूर्ण अङ्गको रूपमा परिक्रमा समेत आयोजना गरिएको थियो । जहाँ सहभागीहरूले “३५ दिनभित्र जन्मदर्ता गरौं”, “जन्म दर्ता प्रत्येक बालबालिकाको अधिकार हो”, “कसैको पनि नागरिक पहिचान छुट्न नपरोस” जस्ता नारासहितको ब्यानर तथा प्लेकार्ड बोकी गाउँ–गाउँ परिक्रमा गर्नु भएको थियो । यसले कार्यक्रममा सहभागी नभएका स्थानीयहरूमा समेत गहिरो सन्देश पुयाउन सहयोग गरेको छ ।
कार्यक्रममा शिक्षकहरूले विद्यालयलाई जन्मदर्ता चेतनामूलक केन्द्रका रूपमा प्रयोग गर्न सकिने भनाई राखेका थिए । स्वास्थ्य स्वयंसेविकाहरूले गर्भवती अवस्थाबाटै आमाहरूलाई जन्मदर्ताबारे जानकारी दिने कार्य भएकोले अधिकाँसले समय मै जन्मदर्ता गराउने गरेको जनाएका छन ।
सरकारले प्रदान गर्ने शिशु पालन भत्ता योजनाका कारण जन्मदर्ताको महत्वप्रति आकषर्ण बढेको चर्चा पनि गरिएको थियो । अभियानपछि सहभागीहरूले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सुझाव दिनु भएको थियो । यस अभियानले विकट क्षेत्रका बालबालिकालाई नागरिक अधिकारको मुख्यधारमा ल्याउन महत्वपूर्ण योगदान पुयाउने आशा गरिएको छ ।
क्रियाहरू, कानूनी आवश्यकताहरू, र जन्म दर्ताका फाइदाहरूबारे अभिभावक र सरोकारवालाहरूलाई सूचित गर्ने कार्य भएपछि सहज भएको छ । पहिचान र नागरिकता सम्बन्धी प्रत्येक बच्चाको अधिकार सुनिश्चित गर्न जन्म दर्ता समयमै गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । बाल संरक्षण सन्देशहरूको साथ विशेष दर्ता अभियानहरू, विशेष गरी बाल बिबााह रोकथाममा, डिजिटल प्लेटफर्महरू वा मोबाइल दर्ता एकाइहरू प्रयोग गर्नुपर्ने सुझाव पनि सहभागीबाट आएको थियो ।
पहिले जन्म दर्तालाई खासै महत्व दिने नगरेको पाईए पनि अहिले भने घर परिवारका सदस्यहरुले आफै कुरा उठाएर दर्ता प्रकृया अगाडी बढाउने गर्नु भएको छ ।
प्रक्रियाहरू, कानूनी आवश्यकताहरू, र जन्म दर्ताका फाइदाहरू बारे अभिभावक र सरोकारवालाहरूलाई सूचित गर्न स्थानीय सरकारहरू, विद्यालय, स्वास्थ्य चौकी र समुदायमा आधारित संगठनहरू बीचको सहकार्य हुनु पर्ने देखिएको छ ।
यो अभियान गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र सम्बन्धित स्थानीय तहहरूको सक्रिय सहकार्यमा किर्डाक नेपालको आयोजनामा सञ्चालन भएको हो ।




















