सि.टा. समाचारदाता
सिमकोट । सामुदायीक विद्यालयमा ईलर्निङ पोर्टल जडान गरेर पठनपाठन सुरु गरिएको छ । शिक्षण सिकाई प्रर्णालीलाई आधुनिकीकरणका साथै प्रबिधि मैत्री बनाउन यो प्रर्णाली विद्यालयमा जडान गरिएको छ ।
सिमकोट गाउँपालिकाका तीन र नाम्खा गाउँपालिकाका दुई वटा विद्यालयहरुमा ईलर्निङ पोर्टल जडान गरेर कक्षा सञ्चालन गरिएको सैपाल माविका प्रधानाध्यापक देबबहादुर बुढाले बताए । शिक्षण सिकाई कार्यलाई आधुनिकीकरण र प्रबिधि मैत्री वनाउन विद्यालयमा यो नयाँ प्रबिधि जडान गरेर पठनपाठन सुरु गरिएको होे ।
यो नयाँ प्रबिधि सिमकोट गाउँपालिका– ७ कर्णाली मावि, ८ को सैपाल मावि र बलभद्र आविमा जडान गरिएको छ भने नाम्खा गाउँपालिका– ३ को तातोपानी आवि र महावौद्ध माविलाई जडान गरेर एक साथ पठनपाठन सुरु गरिएको छ । पठनपठनका लागि निक्कै उपयोगी र प्रभावकारी बताउदै उनले शिक्षक बिधार्थीहरुलई अतिरिक्त ज्ञान लियर सहज भएको बताए ।
यो प्रर्णालीका बिशेषताहरुमा कक्षा एकदेखि बाह्रसम्मका सम्पुर्ण विषयहरुको श्रब्य कक्षा शिक्षण, अडियो, दृश्य र अभ्यास सामाग्री उपलव्ध हुने भएको कारण बढी प्रभावकारी देखिएको लामो समयदेखि शिक्षा क्षेत्रमा काम गर्दै आउनु भएका आधार बिकास नेपालका शिक्षा अधिकृत कन्जोक लामाले बताए ।
त्यसैगरि अनलाईन र अफलाईन दुवै कक्षा सञ्चालन हुने, स्मार्ट, टिभि र प्रोजेक्टरको प्रयोगले कक्षा सञ्चालन भई रहेको सन्दर्भ सिकाई सामाग्री उपलब्ध भएको, पुस्तकालय प्रयोजनका महत्वपुर्ण सामाग्री कथा, कबिता, शब्दकोष, ब्याकरण लगाएतका उपलब्ध भएको बिषय शिक्षक अनुपस्थितीमा सिकाईलाई निरन्तरता दिन सकिने र कक्षा सहजिकरणमा सहयोग पुर्याउन उपयोगी रहेको छ ।
ती बाहेक अन्य धेरै शिक्षण सिकाई कृयाक्लापमा सहयोगी र उपयोगी श्रोतहरु उपलब्ध रहेको छ । यो प्रर्णालीको प्रति लागत नब्बे हजार रुपियाँ लागेको र एक सय मिटर टाढासम्म यसले काम गर्ने गर्छ । यो प्रबिधि जडानका र सामाग्री खरिदमा आधार बिकास नेपाालले सहयोग गरेको हो ।























