सि.टा. समाचारदाता
सिमकोट । बसुन्धरा छात्रबृति कोषबाट मानसरोवर माध्यामिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई छात्रबृति बितरण गरिएको छ । कास्की जिल्लाको पोखरा महानगर पालिका– २ मा स्थपना गरिएको सो छात्रबृति हुम्लाको मानसरोवर माविका छात्रालाई यसवर्षबाट बितरण सुरु गरिएको हो ।
आईतबार एक कार्यक्रमकाबिच पाँच जना दलित र पाँँच जना जेहेन्दार छात्राहरु विद्यालयले वनाएको सुचकका आधारमा छनौट गरेर बितरण गरिएको प्रधानाध्यापक अमरबहादुर शाहीले बताए । उक्त छात्रबृति सिमकोट गाउँँपालिकाका अध्यक्ष बिजय भण्डारीले एक कार्यक्रमकाबिच बितरण गरेका हुन । उक्त कोषबाट उपलब्ध भएको छाात्रबृति छात्राहरुलाई जनही छ हजारका दरले बितरण गरिएको छ ।
विद्यालय र कोषविच तीन वर्षका लगि सम्झौता भए अनुसार अव आगामी दुई वर्षसम्म लगातार सो छात्राबृति छात्राहरुले छन । कक्षा छ देखि दशसम्म अध्ययन गर्ने छात्राहरु छनौट भएकी थिईन । उक्त छात्रबृतिका लागि सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारीले समन्वय गरेका थिए ।
























