खेल क्षेत्रलाई आगामी बजेटमाा प्राथमिकतामा राख्न माग

सि.टा समाचारदाता
सिमकोट । जिल्लाका खेलाडी र खेल क्षेत्रका ब्यक्तिहरुले आगामी बजेटमा खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्न माग गरेका छन । जिल्लाका सात वटै गाउाँपलिकाहरुको आगामी आर्थिक वर्ष ०८२।०८३ को बजेट तथा कार्यक्रम तर्जुमा गर्ने समय आएको बेला खेल क्षेत्रबाट यस्तो माग आएको हो ।

हक्की सङ्घ हुम्लाका अध्यक्ष रामजन रावतले हालसम्म स्थानीय तहबाट खेलकुद क्षेत्र प्राथमिकतामा पार्न नसकेको अवस्थामा आगामी आर्थिक वर्षका लागि खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्नका लागि माग गरे । जिल्लामा अधुरो रुपमा निर्माण भएको खेल मैदानका बाँकी काम अगाडी बढाउन र खेलकुद गतिविधि सञ्चालन गर्नका लागि पनि बजेटको ब्यवस्था गर्न उनले गाउँपालिकाहरुलाई आग्रह गरे ।

अझ उनले कर्णाली प्रदेशबाट हक्की खेलमा सहभागिता जनाउने खेलाडी सवै हुम्ला जिल्लाका भएको कारण पनि खेल र खेलाडीको क्षेमता बिकास गर्नकाा लागि पनि बजेटको आवश्यकता रहेको बताए । त्यसैगरि अर्का फुटबल खेलाडी उज्जल रावतले स्थानीय तहले खेल क्षेत्रका लागि आफ्नो बार्षिक वजेटको निश्चित अङ्स छुट्याउन आवश्यक रहेको बताए ।

यो भन्दा अगाडी जे भएपनि आगामी आर्थिक वर्षबाट यस कुरामा ध्यान दिन सबै गाउँपालिकाका जनप्रतिनिधिहरुलाई आग्रह गरे। असार १० गते जिल्लाका सात वटै गाउँँपालिकाहरुले आगामी आर्थिक वर्षका लागि बजेट तथा कार्यक्रम ल्याउदै असार १० गते मंगलव।र ल्याउदैछन ।