लोग भण्डारी
सिमकोट । नेपाली काँग्रेसको भातृ संगठन नेपाल महिला संघ क प्रदेशको अध्यक्षमा पबित्रा देबकोटा चयन भएकी छन । संघ क नम्बर प्रदेशकाो भएको अधिबेशनबाट देबकोटको नेतृत्वमा कार्य समिति सर्वसम्मत चयन भएको हो ।
शनिबार सुरु भएको अधिबेशनमा नेतृत्वको आकांक्षीहरु धेरै भएपछि समहति गर्ने प्रयास गर्दा ढिलै गरि भएपनि सर्वसम्मत नेतृत्व चयन भएको हो । संघको पहिलो प्रदेश अधिबेशनले पबित्रा देबकोटाको अध्यक्षतामा २७ सदस्यीय कार्य समिति चयन भएको हो ।
त्यसैगरि उपाध्यक्षद्धयमा चेता शाही र रेलकला रोकाया चयन भएकी छन भने सचिवद्धयमा चन्दा रावल र दिपा रावल चयन भएकी छन् । त्यसैगरि कोषाध्यक्षमा दानकला तामाङ, सहसचिवमा तुथा ऐडी र एउटा सहसचिव भने रिक्त रहेको छ । उक्त पद चंखेली गााउँपालिकाबाट चयन गरिनेछ ।
त्यसैगरि भेग क्षेत्र र भुगोलबाट १८ जना सदस्यहरु चयन भएका छन । त्यसैगरि अधिबेशनको बन्द सत्रको उद्घाटन काँग्रेस हुम्लाका सभापति मोहन बिक्रम सिंहले गरेका थिए । कार्यक्रममा महिला संघ हुम्लाका अध्यक्ष शुशिला शाहको उपस्थिती रहेको थियो । अब ख नम्बर प्रदेशको अधिबेशनको असार भित्र हुनेछ । त्यस लगत्तै जिल्ला अधिबेशन गर्ने तयारी भई रहेको छ ।




















