एम्बुलेन्स दुर्घटना चालक घाईते

फोटो क्याप्सन दुर्घटनामा परि क्षेती भएको एम्बुलेन्स तस्बिर ः सि.टा

सि.टा. समाचारदाता
हुम्ला । कर्णाली करिडोरको भिगौडमा एम्बुलेन्स दुर्घटना भएको छ । एम्बुलेन्समा रहेका चार जना सहजै उत्रे पनि चालक भने दुर्घटनामा घाइते भएका छन । भिगौडाको उकालो सडकमा चालकले कटाउन नसक्दा एम्बुलेन्स अनियन्त्रित भई करिब ५० मिटर सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी

प्रमुख, प्रहरी नायब निरीक्षक शङ्कर पोखरेलले जानकारी दिए । हुम्लाको खार्पुनाथ गाउँपालिकाको बा २ झ ४५८० नम्बरको एम्बुलेन्स गाउँपालिका आउँदै गर्दा दुर्घटनामा परेको हो । एम्बुलेन्स चालक ३६ वर्षीय जङ्ग शाही घाइते भएका छन । तत्काल चालक शाहीको जिल्ला अस्पतालमा उपचार गर्दा सन्चो नभएप्छि रिफर गरिए अनुसार उनलाई जिल्ला बाहिर लगिएको छ ।