
सि.टा. समाचारदाता
सिमकोट । हिमाली क्षेत्रमा पनि सिमेन्टको काम गर्नका लागि नयाँ प्रबिधि भित्रिदा काम गर्न सहज र छिटो हुने गरेको छ । यसअघि कामदारले हातैले गर्नु पर्ने सिमेन्ट घोल्ने कार्य हाल प्रबिधि बिकास निर्माण स्थलमा पुग्दा काम पनि मेशिनबाट हुन थालेपछि सहज भएको हो ।
गतवर्षसम्म सिमेन्ट घोल्ने काम कामदारहरुले हातले बेल्छाबाट घोल्ने कार्य गर्दै आएकोमा यसवर्षदेखि कंङ्क्रीट मिक्स्चर मेशिन निर्माण स्थलमा पुगेपछि बिकास निर्माण बिशेष गरि सिमेन्ट, बालुवा र गिट्टी घोल्ने कार्य सहज भएको बानियाँ निर्माण सेवाका स्थानीय प्रतिनिधि पालु रावतले बताए ।
यसवर्ष आफुहरुले चार स्थानमा सडक निर्माण गर्ने क्रममा ढलान गर्न, प्लम्प वाल निर्माण गर्न र नाला बनाउने क्रममा जति पनि सिमेन्ट घोल्ने काम गरिएको छ त्यो सवै कंङ्क्रीट मिक्सचर मेशिनबाट गरिएको उनले बताए । यसरी मेशिनबाट मसला राम्रोसंग घोलिने भएको कारण यो दिगो र टिकाउ पनि हुने छ ।
कामदारले हातैले घोल्दा त्यति राम्रो नहुने भएको कारण यस्ता मेशिनहरु भित्र्याउनु परेको बताउदै रावतले यसबाट काम पनि छिटो र कामदार पनि कमैमा काम गर्न सकिने बताए । यस्ता मेशिन उनले चार स्थानमा लगेर काम भई रहेको छ ।
त्यसैगरि कर्णाली करिडोरको सिमकोट हिल्सा खण्डको च्याछरादेखि सल्ली खोलासम्मको सडकको स्तरोन्नती तथा ग्राभेल गर्ने कार्य गरि रहेको ओसिस व्वील्डर ईन्जिनीयरिङं प्रालिका स्थानीय प्रतिनिधि हरि बोगटीले सडक सञ्जाल जोडिदै जानु र यो मेशिन भित्रिएपछि काम गर्न निक्कै सहज भएको बताए ।
उनले उक्त खण्डको सडक निर्माण गर्ने क्रममा नाला, प्लम्प वाल र ढलान गर्ने कार्यका लागि तीन स्थानमा यो मेशिन प्रयोग गरेर मसला घोल्ने कार्य गराउदै आएका छन् । कामदार पनि कम भए पुग्ने र सबै भन्दा गुणस्तरीय कार्य हुने भएको कारण यसको प्रयोग बढाउदै लैजानु पर्ने छ । हाल जिल्लाभर यो मेशिनबाट सिमेन्ट घोल्ने कार्य भई रहेको कारण काममा पनि गुणस्तरता आउने छ ।
सडक सञ्जाल जोडिएसंगै कंङक्रीट मिक्स्चर मेशिन हिमाली क्षेत्रको बिकास निर्माण कार्यमा प्रयोग हुन थालेको जुन गर्ने पर्ने कार्य भएको हिल्सा सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीले बताउनुभयो । आफ्नो कार्यलय अन्र्तगत जति पनि जिल्लाभर सिमेन्टबाट निर्माण कार्य भई रहेका छन् त्यसमा यो प्रबिधिबाट काम भई रहेको छ । बिधुतको ब्यवस्था सबै स्थानमा नभएको कारण जेनेरेटेटरबाट मेशिन सञ्चालन गर्नु पर्ने भएको कारण थप आर्थिक भार भने पर्ने गरेको छ ।














