नेपाली काँग्रेस हुम्लाको अधिबेशन सुरु

सि.टा. समाचारदाता
सिमकोट । नेपाली काँग्रेस हुम्लाको जिल्ला सम्मेलन सुरु भएको छ । वर्षको एक पटक गर्नु पर्ने जिल्ला सम्मेलन जिल्ला समन्वय समितिको सभाहलमा सुरु भएको हो । जिल्ला सम्मेलनको उद्घाटन काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिका सदस्य जीवनबहादुर शाहीले पानसमा दिप प्रज्ववलन गरेर सुरु गरेका थिए ।

सिमकोट बजार नाराको जुलुस सहित निकालिएको र्याली समन्वय समितिको सभा हलमा पुगेर अधिबेशन सुरु भएको काँग्रेस हुम्लाका उपसभापति बसन्त रोकायाले बताए ।

सम्मेलनको नेपाली काँग्रेस कार्य सम्पादन समितिका सदस्य जीवनबहादुर शाहीले उद्घाटन गरेका छन । सम्मेलनले बिभिन्न निर्णयहरु पारित गर्ने भएको छ ।

उद्घाटन सत्रका काँग्रेसका नेताहरुले शुभकामना मन्तव्य दिने कार्यक्रम रहेको छ । उद्घाटन सत्रपछि बन्द सत्र परि सञ्चालन हुनेछ । सम्मेलनमा पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको छ ।