सि.टा.समाचारदाता
सिमकोट । बिधार्थीहरुले आफ्नो स्थानीय साँस्कृति झल्कने पहिरन लगाएर प्रर्दशनी गर्नु भएको छ । विद्यालय स्तरबाटै आफ्नो पहिरनको पहिचार र संरक्षण गर्नका लागि विद्यालयमा उक्त प्रर्दशनी गर्नु भएको हो ।
पछिल्लो समय बाह्य साँस्कृतिका पहिरनहरु बढ्दै जान थालेपछि बिधार्थीहरु स्वतस्फुर्त रुपमा मिलेर आफ्नो परम्परागत पहिरन र साँस्कृतिको प्रर्दशन गरेको सिमकोट गाउँपालिका– ५ को बालमन्दिर माविका प्रधानाध्यापक केलश रोकायाले बताए ।
जे जे पोसाक, गरगहना, भेषभूषा परम्परागत रुपमा गरिन्थ्यो, त्यो बिधार्थीहरुले आफैले लगाएर प्रर्दशनी गरेका हुन । विद्यालयलाई समेत चतिक पार्दै आफ्नो साँस्कृति, लवाई, पोसाक, गरगहनाको संरक्षणको लागि यसो गरिएको उक्त विद्यालयका कक्षा दशमा अध्ययनरत छात्रा कट्रिना भण्डारीले बताउनुभयो ।
विद्यालयमा बिभाजन गरिएको सदनस्तरमा बिधार्थीहरुले फरकफरक भेषभूषा प्रदर्शन गर्ने सल्लाह अनुसार गरिएको बताउदै उनले साना बिधार्थीहरुमा हाम्रो पहिचान बारे पनि जानकारी हुने र आर्कषित गराउनका लागि यो प्रर्दशन गरिएको बताए ।
आफ्नो समुदायका स्थानीयले परम्परादेखि नै लगाउदै आएका पोसाकहरु छात्राहरुले दौरा सुरुवाल, दौरा र कोट, रातो र सेता बख्खु, हातमा ढालतरवार कम्वरमा पटुका बाँधेर प्रर्दशनी गर्नु भएको थियो भने छात्राहरु गाउन, दौडा, रातो र सेता काम्लो ओडेको, लामा छात्राले ठाईकोर नाचको कपडा र परम्परागत गरगहना पनि लगाएका थिए ।















