सि.टा. समाचारदाता
सिमकोट । जिल्लाको मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिकामा आयोडिन युक्त नुनको महंगोमा खरिद गर्नु पर्ने बाध्यता रहेको छ । नुनको अभाव भएपछि स्थानीय उपभोक्ता हाल महङ्गो मुल्यमा प्रतिकेजी ५५ रुपियाँ तिरेर नुन खान बाध्य हुदै आएका हुन ।
बजारमा ब्यापारीले ल्याएको आायोडिन युक्त नुन प्रतिकेजी ५५ रुपियाँमा खरिद गरेर उपभोग गरि रहेको सर्केगार्डका स्थानीय उपभोक्ता कर्णजंग शाहीले बताए ।
पहिले ढुवानी अनुदानको नुन थोरै पाएको र त्यो सकिएपछि सात महिनाबाट महङ्गो मुल्यको नुन खरिद गरेर उपभोग गरि रहेको छ । जिल्लाभर सस्तोमा नुन उपभोग गर्ने कुरा बाहिर आएपनि आफुहरु बर्षेनी महङ्गो नुन उपभोग गरि रहेका छन् । सरकारले पनि आवश्यकता अनुसार नुनको कोटा निर्धारण गर्नुपर्ने देखिएको हो ।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले एक वर्षका लागि निर्धारण गरेको कोटाको नून अपुग हुँदा हाल नूनको अभाव भएको सर्केगार्ड गाउँपालिका–३ का वडा अध्यक्ष अकिल कार्कीले बताए । लिमिटेडले हुम्ला जिल्लाका लागि ढुवानी अनुदानमा नुन उपलब्ध गराउदै आएको भएपनि त्यो अपुग हुने गरेको छ । सो नुनको मुल्य प्रतिकेजी नौ रुपियाँँ पर्ने गर्छ ।
हाल बजारको मुल्यमा बिक्री भई रहेको नूनलाई पाँच गुणा बढी मुल्य तिरेर उपभोक्ताहरुले खरिद गर्नु परि रहेको छ । गत आर्थिक वर्षमा लिमिटेडले सर्केगार्ड गाउँपालिकाका लागि नौ सय क्वीन्टल नूनको कोटा निर्धारण गरे अनुसार सबै नुन ढुवानी भएर आई पुगेको र त्यसलाई जनसंख्या अनुसार प्रत्येक वडालाई सत्चालीसदेखि पचपन्न क्वीन्टलसम्म बितरण गरिएको उहाँले बताउनुभयो ।
वडालाई प्राप्त भएको नुन प्रतिघरधुरी पन्द्र केजीका लागि बिक्री गरिएको बताउदै यति नुन एक घरधुरीका लागि बार्षिक प्रयाप्त नभएको उहाँँले बताउनुभयो । मानिस कै लागि नपुग्ने नुन भएपनि त्यसैबाट पशुबस्तु र भेडाबाख्रालाई समेत खुवाउनु परेपछि स्वतः अभाव हुनु स्वभाविक भएको र बाध्य भएर उपभोक्ताहरु महङ्गो मुल्यमा नुन खरिद गर्न बाध्य भएका हुन ।
लिमिटेडबाट ढुवाानी अनुदानमा नुन दिएको देखिने तर उपभोक्ताले नुन नपुगपछि महङ्गो मुल्यमा खरिद गरेर प्रयोग गर्नु दुखद कुरा भएको उहाँले बताउनुभयो । जनसंङ्ख्या अनुसार लिमिटेड केन्द्रबाट निर्धारित कोटा ठिकै भएको भएपनि ब्यवहारिक रुपमा नुनको सदस्या देखिएको लिमिटेड शाखाका प्रमुख राजबहादुर लामाले बताए । सर्केगार्ड गाउँपालिकाको जनसंङ्या दश हजार ६८८ रहेको छ ।
उहाँले गाउँपालिकाका मानिसले मात्र सो नुन उपभोग नगरेर पशुबस्तु र भेडाबाख्रालाई पनि प्रयोग गरिने भएको कारण नुन अभाव हुनु स्वभाविक भएको उनले बताए । सो गाउँपालिका पशुबस्तु बढी हुनेमा पर्छ । अब ब्यबहारिक समस्याले गर्दा नुनको सदस्या देखिएको र यसलाई समन्वयमा समाधान गरिनु पर्ने देखिएको हो ।




















