सिमकोटमा तीन हप्तापछि नेपाल एयरलाईन्सद्धारा उडान सुचारु

फोटो क्याप्सन सिमकोट बिमानस्थलमा अवतरण भएको नेपाल एयरलाईन्सको जहाज । तस्बिरः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । सरकारी स्वामित्वको नेपाल एयरलाईन्सले हिमाली जिल्ला हुम्लाको सिमकोट बिमानस्थलमा उडान भरेको छ । यसअघि मौसमको कारण लामो समय उडान भर्न नसकेको नेपाल एयरलाईन्सले सोमबार बिहानै उडान भरेको हो ।
उडान बन्द भएको तीन हप्ता पछि सोमबारबाट उडान सुचारु भएको नेपाल एयरलाईन्स हुम्लाका प्रमुख छिरिङ लामाले बताए ।

यसअघि खराब मौसम कै कारण उडान भर्न सकेको थिएन । अब उडान नियमित हुने बिस्वास गरिएको छ । बिहान नेपालगंजबाट तेह्र जना यात्रु सिमकोट आउन पाएका छन भने सिमकोटबाट सुर्खेत पनि उडान भएको छ । सुर्खेतबाट पून सिमकोट बिमानस्थलमा जहाजले उडान भरेपछि नेपालगंज गएको थियो ।

दशैको बेला नियमित उडान गर्ने गरेको छ । अब मौसमले साथ दिए दशैमा यात्रुहरुलाई समस्या नहुने ठानिएको छ । नेपाल एयरलाईन्सले सिमकोट बिमानस्थलका लाागि हप्तामा तीन उडान भर्ने कार्यतालिका रहेको छ । नीजि एयरलाईन्सका जहाजहरु पर्यटकीय सिजन सुरु भएको भन्दै काठमाडौं फर्कन सुरु भएपनि नेपााल एयरलाईन्सले उडान सुरु गरेको हो ।

मंगलबार पनि नेपाल एयरलाईनसले सेडुअल उडान गर्ने छ । उडान सुचारु भएसंगै दशैमा हवाई यात्रुहरुलाई पनि सहज हुनेछ । यसअघि नेपाल एयरलाईन्सले गत भदौ १७ गते उडान गरेको थियो ।