सल्लीदेखि लाप्चा क्षेत्रमा सञ्चार सुविधा ब्यवस्था गर्न सञ्चारमन्त्री खरेर सकरात्मक

फोटो क्याप्सन महासंघ हुम्ला शाखाको माग बुझ्दै मन्त्री खरेल र हुम्लावासी । तस्बिर ः सौजन्य, रामजन रावत

सि.टा. समाचारदाता
सिमकोट । पर्यटकीय क्षेत्र लाप्चामा सञ्चार सुबिधा स्थापनाका लागि बर्तमान सुचना, सञ्चार तथा प्रबिधि मन्त्री जगदिस खरेलले सकरात्मक देखिएका छन । नेपाल पत्रकार महासंघ हुम्ला शाखाको कात्तिक ४ गते लाप्चामा वसेको चौथो पुर्ण बैठकले गरेको निर्णय प्रतिलिपि बुझाउन मन्त्रालय मै पुगेका हुम्लावासीको टोलीलाई मन्त्री खरेलले सो कुरा जनाएका हुन ।
पत्रकार महासंघ हुम्ला शाखाको निर्णय प्रतिलिपि बुझ्दै मन्त्री खरेलले आफ्नो पहिलो प्राथमिकता दुर्गम क्षेत्रमा सञ्चार सुविधा पुर्याउने रहेको र अब हुम्लाको लाप्चा क्षेत्र चाँडै सञ्चार सुबिधा पुग्ने जनाएका थिए ।

मन्त्री खरेलले यसको सुरुवात तिलीचो र सुदुरपश्चिमका हिमाली जिल्लामा भएको र अब कर्णालीकाा दुर्गम क्षेत्रमा चाँडो सञ्चार सुविधा पुराउने बताए । लिमी उपत्यका र लाप्चा क्षेत्र पर्यटकीय क्षेत्र भएको र सञ्चारको पहुँच चाँडो पुर्याईने पनि मन्त्री खरेलले सो कार्यक्रमम बताएका थिए । लाप्चा पर्यटकीय क्षेत्र भएको तर हालसम्म सञ्चार सुविधा पुगेको छैन । मानसरोवर कैलाशको दुरदर्शन गर्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरु सञ्चार बिनै सो क्षेत्र पुग्ने गर्दै आउनु भएको छ ।

नेपाली भूमि जो पर्यटकीय क्षेत्रका रुपमा परिचित रहेको छ । त्यहाँ जानका लागि प्रवेशद्धारका रुपमा रहेको सल्ली, न्यालु, टाक्चीसम्म पुरानो सञ्चार प्रबिधि मात्र नभई पछिल्लो सञ्चार प्रबिधिको स्थापना गर्न आवश्यक देखिन्छ ।। सो क्षेत्रमा सञ्चारको ब्यवस्था नहुँदा चार दिनसम्म पत्रकार महासंघ हुम्ला शाखाका सदस्यहरु आफु सम्पर्कमा रहन र आफु संम्बद्ध सञ्चार मिडियामा समाचार दिन नसकेपछि सञ्चारकर्मीले पनि प्रत्यक्ष रुपमा यो समस्या भोग्नु परेको थियो ।

हिमाल पारीको गाउँ लिमी र यही क्षेत्रमा रहेको लाप्चामा हालसम्म सञ्चारको पहुँच नपुगेको भन्दै नेपाल पत्रकार महसंघ हुम्ला शाखाको चौथो बैठकले निर्णय गरेर नेपाल सरकारलाई माग गर्ने निर्णय गरेको थियो । सरकारले जति सक्दो चााँडो न्यालु र लाप्चा क्षेत्रमा सञ्चारको पहुँच पुर्याउन महासंघले आग्रह समेत गरेको थियो । नेपालको लाप्चा क्षेत्रबाट मानसरोवर कैलाश मात्र नदेखिने बताउदै अरु पनि पर्यटकीय स्थल, जंगली जनावर, तालतलैया, झरना पनि प्रसस्त रहेकोले त्यसको प्रचार प्रसार गर्न पनि सञ्चारका पहुँच बिस्तार गर्नु आवश्यक देखिन्छ ।

ताक्चीबाट सञ्चार सम्पर्क गर्न लिमीको जाङ गाउँमा दुई घण्टा हिडेर जानु पर्ने वा बोलेरो जीपमा तीन हजार खर्च गर्नुपर्ने अबस्था रहेको छ । लाप्चा पुग्ने जो कोही आन्तरिक वा बाह्य पर्यटकले प्रवेशद्धार सल्ली छिर्ने बित्तिक्कै सञ्चार सुविधाबाट बाहिरिनु पर्ने बाध्यता छ ।

लाप्चा जाने सवैले मोवाईलहरु फोटो खिच्न, भिडियो हेर्न र खिच्नका लागि बोक्नु पर्ने जस्तो देखिएको छ । महासंघको माग पत्र बुझाउन मन्त्रालयमा लिमीका स्थानीय कुन्जोक तामाङ, छिरिङ नैक्याप लामा कुन्जोक छिरिङ तामाङ, रामजन रावत, सुर्य रावत र नरेन्द्र रावत गएका थिए ।