सिमकाेट । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशनका लागि तयारी तीव्र पारेको छ।
चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसइईको उत्तरपुस्तिका जाँचेर सकिएको र अहिले टेबुलेसनको काम भइरहेको स्रोतले जानकारी दिएको छ। वैशाखको २८ वा २९ गते नतिजा प्रकाशन हुनेछ।
स्रोतले भन्यो, ‘सबै उत्तरपुस्तिका जाँचेर सकिएको छ। अहिले टेबुलेसनको काम भइरहेको छ। वैशाखको २८ वा २९ गते नतिजा प्रकाशन गर्छौँ।
विगतमा परीक्षा सकिएको तीन महिनाभित्र नतिजा प्रकाशन हुने गरेको थियो। यसपालि भने बोर्डले एक महिनाभित्रै नतिजा सार्वजनिक गर्न लागेको हो।
एसइई परीक्षामा मुलुकभरबाट ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी भएका थिए।
























