
सि.टा. समाचारदाता
सिमकोट । भरुवा बन्दुक सहित एक जना वडा सदस्यलाई प्रहरीले नियन्त्रण लिएको छ । खार्पुनाथ गाउँपालिका– ४ को वडा सदस्य वर्ष ६३ का मक्क बहादुर रोकायालाई भरुवा बन्दुक र अन्य सामान सहित पक्राउ गरेको हो ।
प्रहरी नायव उपरिक्षक शंकर खड्कालले वडा सदस्य रोकायाको घरबाट एक थान भरुवा बन्दुक, फलामको रडको १२ थान गोली, ढुङ्गाको गोली सात थान, सिल्भरको डिब्बामा रहेको धुलो जस्तो देखिने कालो रंगको वारुद ९० गम, स्टेन लस स्टिल नाम लेखेको चक्कु थान एक घरमा लुकायृ छिपाई राखेको अवस्थामा प्रहरीले रोकायालाई नियन्त्रणमा लिएको बताए । रोकाया खार्पुनाथ गाउँपालिका– का वडा सदस्य रहेका छन् । यस बारेमा प्रहरीले थप अनुसन्धान गरि रहेको छ ।























