सि डिभिजन फुटबल प्रतियोगिताका लागि हुम्लाका खेलाडी छनौट कार्य सुरु

सि.टा. समाचारदाता
सिमकोट । काठमाडौंमा हुन लागेको शहिद मेमोरियल सि.डिभिजन फुटबल छनौट पटुर्नामेन्टका लागि हुम्ला जिल्लाबाट खेलाडी छनौट कार्य सुरु भएको छ ।

हुम्ला फुटबल ऐकेडेमीको आयोजनामा खेलाडी छनौट कार्य सुरु भएको हो । पहिलो दिनको छनौटमा २५ जना खेलाडीहरुको सहभागिता रहेको ऐकेडेमीका अध्यक्ष बिष्णु रावतले जानकारी दिए ।

थानकोटको चन्द्रगिरी फुटसलमा शुक्रबार सहभागी खेलाडीहरुले अभ्यास समेत गरेका थिए । खेलाडीहरु २० जना हुम्ला, दुई जना मुगु र दुई काठमाडौंका खेलाडीहरु रहेका छन । त्यसैगरि दोस्रो दिन बौद्धको एरिना फुटसलमा हुनेछ भने तेस्रो दिन भक्तपुरमा खेलाडी उपस्थित गराईने छ । त्यसबाट छनौट भएका खेलाडीहरुलाई प्रतियोगिताको बन्द प्रशिक्षणमा राखिने छ । प्रतियोगिता मंसीर ५ गतेबाट काठमाडौंमा हुदैछ । यसका लागि आर्थिक जोहो गर्न ऐकेडेमीलाई उत्तिकै चटारो रहेको छ ।