सि.टा. समाचारदाता
सिमकोट । सिमकोट गाउँपालिकाका माध्यामिक विद्यालय स्तरीय अध्यक्ष कप प्रतियोगिता सुरु भएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नहुँने भएपछि सिमकोट गाउँपालिकाले अध्यक्ष बिजय भण्डारीले सो कपको उद्घाटन गरेका हुन ।

गाउँपालिका स्तरीय पहिलो अध्यक्ष कप प्रतियोगिता सुरु भएको आयोजक विद्यालय रामदेव माविका शिक्षक दिपेन्द्र भण्डारीले बताए । अध्यक्ष भण्डारीले पानसमा दिप प्रज्वलन गर्दै ब्यानर बचन गरेर प्रतियोगिताको उद्घाटन गरेका हुन ।

पहिलो दिन सहभागी सात वटै विद्यालय मार्च पास गरेका थिए । यसका लागि गाउँपालिकाका सात वटै माध्यामिक विद्यालयहरुको सहभागिता रहेको छ । जसमा सैपाल हिमाल मावि, कर्णाली मावि, कैलाश मावि, मानसरोवर मावि, बालमन्दिर मावि, रलिङ मावि र रामदेव मावि रहेका छन ।

ट्राक, फिल्ड र भलिबल गरि तेह्र वटा खेलहरु हुनेछन । ती सवै खेलमा छात्रा र छात्रबिच छुट्टा छुट्टै प्रतियोगिता हुनेछ । यी सवै प्रतियोगितामा सहभागी सवै माविले प्रतिश्प्रर्धा गर्नेछन । प्रतियोगिता आजबाट २९ गतेसम्म सञ्चालन हुनेछन । प्रतियोगिताका लागि गाउँपालिकाले आर्थिक सहयोग गर्नेछ भने आयोजना रामदेव माविले गर्नेछ ।
उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी, उपाध्यक्ष शुशिला रोकाया भाम, जिल्ला समन्वय समितिका प्रबक्ता सरिता रावत, राजनीतिक दलहरु लगाएतको उपस्थिती रहेको थियो ।

























