खार्पुनाथको एक घरमा आगलागि, घर जलेर पुरै नष्ट ।

सि.टा समचारदाता
हुम्लाको खार्पुनाथ गाउँपालिका ४ माझामा एक घरमा आगलागि हुँदा लाखौँको क्षेती भएको छ । बुधबार  बेलुका साढे ७ बजेको समयमा खार्पुनाथ गाउँपालिका ४ का सोभन रावतको घरमा आगलागि भएर पुरै घर नष्ट भएको सोही गाउँका देबजंग शाहीले बताउनु भयो ।

उहाँका अनुसार यतिबेला जिल्ला सदरमुकाम सिमकोट र खार्पुनाथमा सञ्चालित हिल्दुम विद्युत वितरण केन्द्र मर्मत भैरहेकाले वत्ति नभएको अवस्थामा बच्चालाई झरो (सल्लाको दियालो) सल्काएर सामान ल्याउने क्रममा सल्कीएको आगाे निभाउने प्रयास गर्दा गर्दै पुरै जलेर खरानी भएको बताउनु भयो

यतिबेला  बत्ती नभएका कारण कोही कसैलाई पनि खबर आदन प्रदान गर्नको लागि मोबाइृल समेत चार्ज नभएकाले नियन्त्रणको लागि प्रहरी प्रशासन लगायत अन्य कोही कसैलाई पनि खबर गर्न नसकिएको र गाउँका सबै जम्मा भएर नियन्त्रण गर्ने प्रयास गर्दा पनि नियन्त्रणमा आउन नसकेको बताउनु भयो

आगलागिले घर, गोठ र पाँड समेत जलेर नष्ट भैसकेका छन् तर अन्य गाउँमा सल्कीननपावस भनेर यतिबेला सबै गाउँका मानिस  निभाउने प्रयास गरीरहेको भएपनि निभाउन नसकिएको बताउनु भयो । आगलागिले रावतको सबै सम्पती खरानी बने पछि खान बस्न समेत समस्या भएको छ तर मानविय क्षेती भने केही नभएको बताउनु भयो