सि.टा समचारदाता
काठमाडौं । साताको कारोबारको पाचौ दिन बिहीवार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला २६८१०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ६०० रुपैयाँले घटेर २६७५०० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला ४४०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’मा सो विवरण हेर्न सकिन्छ ।
























