सुनको मूल्य घट्यो

सि.टा समाचारदाता
काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतवार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २१०० रुपैयाँले घटेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला २६२५०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २१०० रुपैयाँले घटेर २६०४०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य २५ रुपैयाँले घटेर प्रतितोला ४५०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’मा सो विवरण हेर्न सकिन्छ ।