सि.टा. समाचारदाता
सिमकोट । हाल देखिएको सदरमुकाम सिमकोटको खानेपानी समस्या समधान गर्न वर्तमान उपभोक्ता समिति बिघटनदेखि पाईपलाईन मर्मतसम्मका कार्यहरु गरिने भएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालयमा वसेको सर्वपक्षीय बैठकले तत्काल देखिएको खानेपानी समस्या समधान गर्न सो कदम चाल्ने निर्णय गरेको हो ।
सिमकोट गाउँपालिका र खानेपानी तथा उर्जा बिकास कार्यालयको लगानीमा हालको खानेपानी न्यायोचित किसिमले बितरण गर्न तत्काल सवैतिरका पाईपलाईनहरु मर्मत गर्ने र दश दिनमा समान किसिमले खानेपानी बितरणको ब्यवस्था गरिने, वर्तमान खानेपानी उपभोक्ता समितिलाई बिघटन गरि सिमकोट गाउँपालिका– ४, ५, ६ र ७ नम्बर वडाको प्रतिनिधित्व हुने गरि समितिलाई बिघटन गर्ने र हेक्पा खोलाबाट खानेपानी आर्पुती गर्दै आएको बृहत खानेपानीलाई चाँडो नयाँ समितिलाई हस्तान्तरण गरेर खानेपानीको ब्यवस्थापन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताए ।
सिमकोटलाई खानेपानी आर्पुती गर्दै आएको उपभोक्ता समिति सकृय नभएकोले त्ससलाई पूनरगठन गर्न लागिएको हो । अर्को कुरा हालको खानेपानी योजना पच्चीस वर्ष पुरानो भएको र पानीको श्रोत पनि कमी भएको निष्कर्ष निकालिएको थियो । वैठकमा जिल्ला समन्वय समितिका प्रमुख शिबराज शर्मा, उपप्रमुख दलु फडेरा, सिमकोट गाउापाकिला अध्यक्ष बिजय भण्डारी, सुरक्षा निकाय प्रमुख, खानेपानी तथा उर्जा बिकास कार्यालय लगाएतको उपस्थिती रहेको थियो ।
























