सि.टा.समाचारदाता
सिमकोट । सरकारले ईस्लाम धर्मावलम्बीको पर्व ईद (ईद्–उल–फित्र) का अवसरमा चैत ७ गते शनिवार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै मुस्लिम आयोगबाट प्राप्त पत्रअनुसार २०८२ साल चैत ७ गते शनिवारका दिन ईद परेको जानकारी आएकाले सो दिन सार्वजनिक बिदा हुने स्पष्ट पारेको हो ।
मन्त्रालयले एक विज्ञप्तिमा वि.सं. २०८१ फागुन १५ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार नै यो बिदाको व्यवस्था गरिएको उल्लेख छ । शनिवार भएपनि सरकारले सार्वजनिक विदा दिएको हो ।




















