सि.टा. समाचारदाता
सिमकोट । शुक्रबार बेलुका सिमकोट गाउँपालिका– ६ को मा सिमकोटतर्फ आउदै गरेको ट्याक्टर दुर्घटना भएको छ । सो दुर्घटनामा परि चालक गम्भीर घाईते भएका हुन । सिमकोट गाउँपालिका–६ कै लाग्नाबाट सिमकोटतर्फ आउदै गरेको ट्याक्टर ग्वालढुस्काको सडकमा दुर्घटना हुँदा चालक सिमकोट गाउँपालिका – ६ निवासी २५ वर्षका नरेन्द्र सुनार गम्भीर घमईते भएको प्रहरी निरीक्षक युवराज ढकालले बताए । ग.१. त. ७०६७ ट्याक्टर चली रहेको बेला अचानक अनियन्त्रित भई सडकबाट डेढ सय मिटर तल खसेको थियोे ।
दुर्घटनामा परि चालक सुनार गम्भीर घाईते अवस्थामा प्हरीले उद्धार गरेर जिल्ला अस्पतालमा पुर्याएको छ । हाल चालक सुनारको जिल्ला अस्पतालमा उपचार भई रहेको र घाईते चालकको टाउकोमा गम्भीर चोट लागेको अस्पतालले जनाएको छ । जिल्ला उपचार हुन नसक्ने चिकीत्सकले जनाएको भएपछि अहिले राती परेकोको कारण शनिबार मात्र जिल्ला बाहिर थप उपचारका उद्धार गरिने छ ।
























