नीति नियम निर्माणमा पिछडिएका क्षेत्रका सवालहरु उठानमा केन्द्रीत रहने

संचिप्त चिनारी
साविकको सिमकोट गाविस र हालको सिमकोट गाउँपालिका– ५ मा जन्मिएका जयपति रोकाया गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्यमा हुम्ला जिल्लाबाट निर्वाचित भएका थिए । २०३७ साल कातिक ४ गते जन्मेका रोकाया आल ४७ वर्ष पुगेका छन । सानैमा राजनीति पेश रोजेका उनले नेपाली काँग्रेसको राजनिित गर्दै आएका छन । उनीसंग गरिएको कुराकानी
१) पहिलो पटक निर्वाचित भएपछि कस्तो लागि रहेको छ ?
बिशेष परिस्थतीमा देशमा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा जाँदै गर्दा पिछडिएको क्षेत्रको रुपमा रहेको हिमाली जिल्ला हुम्लाका मतदाता समक्ष जाँदा मैले संभव हुने र आफ्नो प्रयास रहने कुरा म चुनावको प्रचारका क्रममा जिल्लाका दुरदराजका बस्तीमा बस्दै आउनु भएका मतदातासंग राखेको छु । किन भने अहिले झुट्टा आसस्वासन दिएर चुनाव जित्ने समय होईन । मैले मतदातासंग राखेको प्रतबद्धतामा साझा र सामुहिक कार्यबाट धेरै भन्दा धेरैको समस्या समाधान हुने र हित हुने कामका लागि खट्ने, लाग्ने, समन्वय गर्ने कार्य गर्ने रहेका छन् । अर्को कुरा पहिलो पटक प्रतिनिधिसभा जाँदैछु । धेरै कुरा सिक्न र बुझ्न बाँकी नै छ ।
२) संसदमा कसरी प्रस्तुत हुने बिचार गरिएको छ ?
–मेरा लागि संसद प्रवेश पहिलो अवसर हो । संसदको गरिमा र महत्व बुझेर प्रस्तुत हुनेछु । अर्को कुरा म प्रतिनिधिसभा वैठकमा बिशेष परिस्थिती बाहेक नियमित रुपमा उपस्थिती हुनेछु । दुर्गम र पिछडिएका दुरदराजका बस्तीबस्तीमा कै यौ पटक घुमेको अनुभव पनि मंसंग भएको कारण त्यहाँका आवाजहरु संसदमा पुर्याउनेछु । संसदमा जाँदै गर्दा जनता र पार्टी दिएको जिम्मेवारीलाई इमान्दारिताका साथ पुरा गर्नेतर्फ बढी केन्द्रीत हुनेछु ।
३) यहाँका प्राथमिकताका बिषयहरु के के हुन ?
– एउटा प्रतिनिधिसभा सदस्यले के के गर्न सक्छ भन्ने कुरा मै राम्रो हेक्का राखेको छु । बिशेष गरि प्रतिनिधिसभा सदस्यको काम कतव्र्य भनेको राष्ट्रको नीति नियम निर्माण गर्नु हो । त्यसमा म गम्भीर रहने छु । ती नीति नियम निर्माणका क्रममा दुर्गम, पिछडिएका क्षेत्रका लागि कानूनी रुपमा कसरी ब्यवस्था गर्न सकिन्छ, ती सवालहरु उठाउने छु । विभिन्न समिति निर्माण गर्ने त्यस्ता कानूनमा दुर्गमका सवाल समेट्न लविङ गरिनेछ । आवाज उठाईने छ । नीतिगत रुपमा भएको हिमाल, पहाड र तराईबिचका बिभेद हटाउन संसदमा आवाज उठाईने छ । अर्को कुरा योजना निर्माणमा सवै क्षेत्र र भुगोललाई एउटै डालोमा राखेर काम गर्ने जु पद्धती विद्यमान छ , त्यसलाई समानता नभई समता बनाउने प्रयासका लागि लड्ने छु ।
४) अब यहाँका भावी योजनाहरु के के हुन ?
– नीति नियम निर्माणमा एउटा प्रतिनिधिसभा सदस्य जुन भुमिका निर्वाह गर्नु पर्छ त्यो मैले सकुन्जेल गर्नेछु । अर्को देशका लागि राष्ट्रिय गौरवका योजाना, प्रदेशका गौरभका योजनाका निर्माणमा रचनात्मक सहयोग र सुझाव दिनेछु । अर्को कुरा जिल्लाको बिकासका लागि धेरै काम गर्न बाँकी छ । त्यस मैले पार्टीगत राजनीति भन्दा माथि उठेर सामुहिक र बढी भन्दा बढी सेवाग्राही लावान्भित हुने खालका योजना निर्माण, बजेट विनियोजन गर्ने कार्य रचनात्मक सहयोग, सर्मथन, सुझाव दिने, बहस र पैरवी गर्ने कार्य मबाट हुनेछ । यी बाहेक जिल्लाले प्राथमिकता दिएका सवै किसिमका बिकासका कामका लागि मेरो प्रयास र साथ रहनेछ ।
५) अन्तमा केही भन्नु छ कि ?
– अरु धेरै केही भन्नु छैन । अहिलेको बिशेष परिस्थितीमा राष्ट्रले जसरी निर्वाचन सफल रुपमा सम्पन्न गरेको छ । त्यसरी नै हुम्ला जिल्लामा भएको छ । यो निर्वाचन सफल पार्न र मलाई सहयोग गरेर निर्वाचित गराउने सवैलाई जदौ, साधुबाट र धन्यवाद छ ।