एमाले हुम्लाद्धारा सिमकोटमा बिरोध प्रर्दशन

फोटो क्याप्सन बिरोध प्रदृशन गर्दै एमाले नेताहरु । तस्बिर ः सि.टा.

सि.टा समाचारदाता
सिमकोट । नेकपा एमाले हुम्लाले सदरमुकाम सिमकोटमा बिरोध प्रर्दशनी गरेको छ । शनिबार बिहान एमाले अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेपछि त्यसको बिरोध स्वरुप हुम्लामा प्रर्दशनी गरिएको हो ।

नेकपा एमाले हुम्लाको नेतृत्वमा उसका जनवर्गीय संगठनको सर्मथनमा शनिबार बेलुका सिमकोट बजारमा वर्तमान सरकार गठन भएको दोस्रो दिन मै एमाले अध्यक्ष ओलीलाई पक्राउ गरेको बिरोधमा प्रर्दशनी गरिएको एमाले हुम्लाका उपाध्यक्ष प्रकाशबहादुर शाहीले बताए । एमाले अध्यक्ष ओलीकोे गैर कानूनी गिरफ्तारी विरुद्द हुम्लामा पनि निरोध प्रर्दशन गकिएको उनले बताए ।

प्रर्दशनी एमाले पार्टी कार्यालय बालमन्दि चोकबाट सुरु भएर काठचुली तल्लो बजार धुपीरुख हुँदै बजार परिक्रम गरिएको थियो । बिरोध प्रर्दशनीमा वर्तमान सरकार बिरुद्ध नारा लगाईएको थियो भने माग पुरा नहुनजेलसम्म आन्दोलन जारी राखिने एमाले जनाएको छ । बिरोध कार्यक्रममा एमालेका जिल्ला र प्रदेश स्थरका नेताहरुको सहभागिता रहेको थियो ।