सि.टा. समाचारदाता
सिमकोट । हुम्लामा योग र ध्यान गरेर पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइएको छ । तीन वटा कार्यालयको सम्युक्त आयोजनामा उक्त दिवस मनाइएको हो ।
“आरोग्यताको आधार योग, भ्यान र आर्युवेद उपचार” भन्ने मूल नारासाथ आयोजित कार्यक्रममा योग तथा ध्यान अभ्यास गरी दिवस मनाइएको थियो ।
सो अवसरमा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख शिबराज शर्माले स्वस्थ जीवनशैलीका लागि योग र आयुर्वेदको महत्त्व दिन प्रतिदिन बढ्दै गएको बताए ।
उनले नियमित योग र ध्यान अभ्यासले शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै यस्ता कार्यक्रमले जनचेतना अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
सर्वसाधारणको उपचारका लागि योगाभ्यास नै उपयुक्त उपचार बिधि भएको उनले बताए । आर्युवदीक चिकीत्सक लालहिरा रानाले आयुर्वेद उपचार पद्धति सस्तो, सरल र प्रभावकारी रहेको बताए ।
उनले आधुनिक जीवनशैलीका कारण बढ्दै गएका रोग न्यूनीकरणका लागि आयुर्वेद र योगलाई जीवनशैलीमा समावेश गर्न आवश्यक रहेको धारणा राखे।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका सहायक हवल्दार धनमाया सुनारले योग र ध्यानको बारेमा प्रशिक्षण दिएकी थिईन । उनले अभ्यासका क्रममा बिभिन्न योगाभ्यासको आसनग्रहण गगराएकी थिईन
























