सुत्केरी जटिल भएपछि सरिला शाहीको हेलिकप्टरबाट उद्धार

फोटो क्याप्सन : जटिल सुत्केरी अवस्था भएपछि खार्पुनाथ–५ की सरिला शाहीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत जिल्ला बाहिर उद्धार गरिएकाे 

सिमकोट ।        हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका–५ बाम्टाकी ३५ वर्षीया सरिला शाहीलाई आइतबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत जिल्ला बाहिर उद्धार गरिएको छ ।

सुत्केरी शाहीकाे साल पाठेघरमै अड्किएर अवस्था गम्भीर बनेपछि जिल्ला अस्पतालमा उपचार सम्भव नभई जिल्ला बाहिर रिफर गरिएको हो । अस्पताल ल्याउँदा शाही बेहोस अवस्थामा थिइन् र धेरै रगत बगेको थियो ।

डाक्टरका उमाकान्त तिवारीका अनुसार सुत्केरी शाहीकाे अवस्था जटिल भएकाले सुविधा सम्पन्न अस्पतालमा पठाइएको हो । हाल उनको थप उपचार भने अब जिल्ला बाहिर हुने भएकाे जानकारी प्राप्त भएकाे छ ।