सि.टा समाचारदाता
सिमकोट । सोह्रौ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सदरमुकाम सिमकोटमा सुरु भएको छ । जिल्लाका सात वटै गाउँपालिकाको सहभागितामा सो प्रतियोगिता सुरु भएको हो ।
मङ्गलबारबाट सोह्रौ राष्टपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको सो प्रतियोगिता आयोजक सामाजिक बिकास कार्यालयका प्रमुख ईश्वर बहादुर सिंहले बताए ।
प्रतियोगितामा जिल्लाका सात वटै गाउँपालिकाको पहिलो पटक सहभागिता रहेको छ । यसअघि यो प्रतियोगिता पाँचदेखि छ वटा गाउँपालिकाको मात्र सहभागिता रहने गरेको थियो । पहिलो दिन प्रतियोगिताको उद्घाटनका साथै खेलाडीद्धारा मार्चपास गर्ने कार्य भएको छ ।

प्रतियोगिता उद्घाटन सत्रमा मार्च पास गर्दै सहभागी खेलाडीहरु ।
छात्रा तथा छात्रकाबिच प्रतियोगिता फरक रुपमा हुनेछ । यो प्रतियोगितामा एउटा गाउँपालिकाबाट ५५ जना खेलाडीहरुको सहभागिता रहेको यसबाट कुल ३८५ जना खेलाडीहरुले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको पहिलो दिन छात्रातर्फ एक सय मिटर दौडमा सिमकोट गाउँपालिका पहिलो भएको छ भने छात्रहरुको आठसय मिटर दौड सञ्चालन हुँदा चंखेली गाउँपालिका पहिलो भएको गाउँपालिका छ ।
प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने र यो प्रतियोगिताबाट छनौट हुनु भएका खेलाडीहरु प्रदेश स्तरको प्रतियोगिता सहभागिता जनाउने छन् । प्रदेश स्तरको प्रतियोगिता बैशाख २७ गतेदेखि २९ गतेसम्म बीरेन्द्रनगर सुर्खेतमा सुरु हुँदैछ ।

























