बाटोमा सुत्केरी भएकी महिलाको प्रहरीद्धारा उद्धार

फोटो क्याप्सन :बाटोमा सुत्केरी भएकी कामीको स्टेचरमा उद्धार गरे अस्पताल लग्दै प्रहरी । तस्बिर :सि.टा

सि.टा. समाचारदाता
सिमकोट ।         बिहीबार बिहानै बाटोमा सुत्केरी भएकी महिलाको प्रहरीले अस्पतालसम्म उद्धार गरेको छ । सिमकोट गाउँपािलका–४ को हिल्दुम गाउँकी स्थायी बासिन्दा हाल उक्त गाउँपालिका वडा नम्बर ५ को काठेचुली चोकमा डेरा लिएर बस्दै आएकी २२ वर्षीया चिनकली कामीलाई बाटोमा सुत्केरी भएको अवस्थामा प्रहरी उद्धार गरेको हो ।

सुत्केरी कामीका आफन्तले प्रहरीलाई खवर गरेपछि प्रहरी निरीक्षक युवराज ढकालको नेतृत्वमा काठेचुली चोकमा पुगेको प्रहरीले सुत्केरी भएकी कामी र नवजात शिशुलाई उद्धार गरेर अस्पताल पुर्याएको प्रहरी नायव उपरिक्षक शंकर खड्काले बताए ।

खवर गरि सकेपछि प्रहरी आई पुगेर उद्धार गर्ला भनेर सुत्केरी कामीका श्रीमान मनविर कामीले कोठा भन्दा बाहिर निकालेर बिहान छ वजे बाटोमा राखेको अवस्था मै कामी सुत्केरी भएकी थिईन ।

त्यही अवस्थामा प्रहरी आफैले बोकेको स्टेचरमा आमा र शिशु राखेर प्रहरीले बोकेर जिल्ला अस्पतालमा उद्धार गरेको हो । हाल आमा र शिशुको अवस्था आमान्य रहेको र अस्पतालमा थप उपचार भई रहेको छ ।

प्रहरी जिल्ला अस्पतालको एम्बुलेन्सलाई खवर गर्दा आनकानी गर्दा प्रहरी घटना स्थलमा बोकेर उद्धार गर्ने भन्दै निस्केको थियो । अस्पतालको एम्बुलेन्सले यस्ता दुखका घटनामा आनाकानी गर्ने गरेको गुनासो आउने गरेको छ ।