एकातिर सीमा बिबाद अर्कोतर्फ दुई जिल्लाका स्थानीय मिलेर झोलुङ्गे पुल निर्माण

फोटो क्याप्सन : जुम्ली गुम्वामा दुई जिल्लाका स्थानीय मिलेर निर्माण गरिएको पुल । तस्बिर : सि . टा

सि.टा. समाचारलदाता
सिमकोट ।       हाल सीमानालाई लिएर बिबाद भई रहँदा बाजुरा र हुम्ला जिल्लाका स्थानीय मिलेर झोलुङ्गे पुल निर्माण गरेको खुलेको छ ।

पुर्वाधार बिकास कार्यालय हुम्लाको वजेटबाट सो पुल निर्माण गरिएको भएपनि निर्माणका लागि गठित उपभोक्ता समितिमा भने दुवै जिल्लाको सहभागिता रहेको थियो ।

दुई जिल्लाको सीमाना छुट्याउने कवाडी खोलाको जुम्ली गुम्बामा एक वर्ष अगाडी नयाँ झोलुङ्गे पुल निर्माण गरेर हाल सञ्चालनमा रहेको सो पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष लोक बहादुर फडेराले बताए ।

उनले उक्त् समितिमा हुम्लाको तर्फबाट सर्केगार्ड गाउँपालिका– २ को रिप गाउँका छ सदस्य र बाजुराको हिमाली गाउँपालिका– ३ का मंगलबुढा सहित पाँच जना सदस्य गरेर एघार सदस्यीय उपभोक्ता समितिले २०८२ साल बैशाख महिनामा कार्य सम्पन्न गरेको बताए ।

उक्त झोलुङ्गे पुल पैतालीस लाख लागतमा निर्माण गरिएको थियो । यतिसम्म सिमाना सम्वन्धि कुनै बिबाद नदेखिएकोमा हाल आएर एक्कासी बाजुरावासीको तर्फबाट सीमा विवाद आउनु राम्रो नभएको उनले बताए ।

यदी बिरोध गर्नु थियो भने त्यतिबेला पुल निर्माणको समयमा बाजुराबाट किन दुवै जिल्लाको सहभागिता निर्माण गर्ने कार्यको गरेको भन्ने बिरोध नभएको भन्दै उनले प्रश्ना समेत राखे । दुई जिल्लाको सिमाना भने कै कवाडी नदी भएको कुरामा कुनै फरक मत नभएको उनको भनाई छ ।

सीमाना वारे वास्तविकता थाहा भएका बाजुराको गुम्बा गाउँका स्थानीयवाट कुनै बिरोध नभएको भएपनि जनप्रतिनिधि र सञ्चारकर्मीबाट यसलको बिरोध आउनु भनेको प्रमाण विनाको रटाई रहेको रिप गाउँका स्थानीयको भनाई ।