रास्वपा हुम्लाको सभापतिमा ऐडी चयन

सि.टा. समाचारदाता
सिमकोट ।      राष्ट्रिय स्वतन्त्र पार्टीको हुम्लाको पहिलो जिल्ला भेलाको लक्ष्मण ऐडीको नेतृत्वमा जिल्ला कार्य समिति चयन गरेको छ । एक दिने भेलाले ऐडीको नेतृत्वमा पुरै जिल्ला कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

रास्वपा हुम्लाको भेलाले शुक्रबार राती सभापतिमा ऐडी, उपसभापतिमा रिन्जेन दावा लामा, सचिवमा मनोज बाहेरा, सहसचिवमा तिर्थराज बुढा र कोषाध्यक्षमा कमन शाहीलाई चयन गरेको सो पार्टीका सचिव मनोज बोहराले बताउनुभयो । त्यसैगरि भेलाले सदस्यहरुमा नरेन्द्र बुढा, सुरेश बुढा, बाँचे बुढा र आस्मीता बुढालाई चयन गरेको छ ।

नौ सदस्यीय जिल्लला कार्य समितिलाई भेलाले सर्वसम्मत चयन गरेको हो । नयाँ सभापति चयन भएका ऐडी यसअघि उक्त पार्टीका उपसभापति थिए । सभापति चयन भएपछि ऐडीले राजनीति जनताको सेवाको लागि भएको कारण कसैमा ब्यक्तिगत स्वार्थ भए त्यो त्याग्न अनुरोध गरे ।

यसअघि भेलाको उद्घाटन कार्यक्रममा शुभकामना दिने पुराना तीन वटै दलका नेताहरुले भेलाको सफलताको शुभकामना दिदै जिल्लाको बिकासका लागि सवै मिलेर अगाडी बढ्नु पर्ने बताएका थिए ।

नयाँ दलका नेतामा जोस भएपनि अनुभव नभएकोले त्यो अनुभव पुरना दलहरुसंग रहेको र त्यसलाई समेटेर अगाडी बढ्न रास्वपाका नेताहरुलाई उहाँहरुले आग्रह गरेका हुन ।

सो कार्यक्रममा नेपाली काँग्रेसका कावा सभापति कैलाश भणडरी ,एमाले उपाध्यक्ष प्रकाशबहादुर शाही, नेकपामा सचिव धर्मराज बोहराले सो कुरा बताएका हुन ।

कार्यक्रममा प्रमुख अथिति बुढाले चार जनाबाट पार्टी गठन भएको रास्वपामा अहिले नवयुवाको ठुलो समुह उपस्थिती भएकोमा खुसी ब्यक्त गर्नै मात्तिने र आत्तिने कार्य नगर्न कायकर्ताहरुलाई आग्रह गरे ।

प्रथम जिल्ला भेलाका लागि प्रत्येक वडाबाट दुई जना प्रतिनिधि र गाउँपालिका कार्य समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो । उक्त पार्टीको नेतृत्वका लागि नौ जना आकांक्षीले आवेदन दिएको भएपनि सर्वसम्मत जिल्ला कार्य समति चयन गरेको हो ।