हुम्लाका चार वटा विद्यालयलाई एक सय वटा फुटबल सहयोग

फोटो क्याप्सन : कार्यक्रमको शुभारम्भ भएपछि अभ्यास गर्दै विद्यालयका बिधार्थीहरु तस्बिर : सि.टा.

स.टा.समाचारदाता
सिमकोट ।     
हिमाली जिल्ला हुम्लामा एन्फाको सहयोगमा चार वटा विद्यालयलाई एक सय वटा फुटबल प्रदान गरिएको छ । विद्यालयमा फुटवल कार्यक्रम अन्र्तगत फुटबलको बिकास विद्यालय स्तरबाटै गर्नका लागि एन्फाले यो सहयोग गरेको हो ।

फिफाको फुटबल फर स्कुल कार्यक्रम अन्र्तगत एन्फाले यो कार्यक्रम हुम्लामा लागु गरेको र यो कार्यक्रम सञ्चालन गर्न एक सय वटा फुटबल चार वटा विद्यालयलाई प्राप्त भएको यसको समन्वय गर्दे आएका धिरज रोकायाले बताए ।

यो कार्यक्रमका लागि एन्फाले केही समय अगाडी अनलाईन फर्म खोेलेको र त्यसमा भर्ने विद्यालयहरु छनौट भएका थिए । त्यसै अन्र्तगत हुम्लाका चार वटा विद्यालयहरु छनौट भएको र ती मध्य दुई वटा विद्यालयहरु सिमकोट गाउँपालिकाको बालमन्दिर मावि र अदाचुली गाउँपालिकाको माउण्ट एभरेष्ट ऐकेडेमीलाई आईतबार एक कार्यक्रम आयोजना गरि प्रति विद्यालय पच्चीस वटा फुटबल प्रदान गरिएको हो ।

अर्को छनौटमा परेको सर्केगार्ड गाउँपालिकाको हिमज्योति मावि सोमबार आउने र सोही दिन फुटबल प्रदान गरिनेछ । त्यस्तै छनौटमा परेको नाम्खा गाउँपालिकाको खीरपानी आनि रहेकोमा हाल उक्त विद्यालयमा पाँच जना मात्र बिधार्थीहरु अध्ययन गरि रहेको भन्दै सो विद्यालय बन्द हुने भएको कारण उक्त विद्यालयका लागि आएका फुटबल बितरण गरिएको छैन ।

ती फुटबलहरु एन्फासंगको समन्वयमा हुम्लाको अर्को विद्यालयलाई प्रदान गरिने छ । एन्फाले यति सहयोग गरि सकेपछि अब छनौट भएका विद्यालयले बिधार्थीहरुलाई फुटबल खेलको अध्यास गराउने छन् । यसका लागि बालमन्दिर माविले चालीस जना बिधाथीृहरु छनौट गरेको जनाएको छ ।

फुटबल हस्तान्तरण कार्यक्रममा सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भणडरी, उपाध्यक्ष शुशिला भाम रोकाया, फुटबल क्लवका संरक्षक वसन्त रोकाया, सामाजिक बिकास कार्यलयलका प्रमुख इश्वर बहादुर सिंहले प्रदान गरेका थिए भने बालमन्दिर माविका प्रधानाध्यापक कैलाश रोकाया र ऐकेडेमी सञ्चालक नवराज महताराले पुझेका थिए ।