सि.टा. समाचारदाता
सिमकोट । विगत पाँच वर्षमा क्यान्सरका बिरामी करिब दोब्बरले बढेका छन् । सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी बढेका स्वास्थ्य सेवा विभागको सामाजिक सुरक्षा तथा नर्सिङ महाशाखाले जनाएको छ । महाशाखाले पाँच वर्षमा क्यान्सरको उपचारबापत सहुलियत लिने बिरामी दोब्बरले बढेको जनाएको छ ।
आर्थिक वर्ष २०७७र७८ मा १५ हजार १८७ क्यान्सरका बिरामी रहेकामा आर्थिक वर्ष २०८१र८२ मा २८ हजार ६७८ जना पुगेका छन् । क्यान्सरको जनचेतना कमीले क्यान्सर रोग लाग्ने गरेको छ । क्यान्सरको जनचेतनाको कमीले क्यान्सर रोग लाग्ने गरेको पाइएको छ । सरकार नागरिक समाज सबैले क्यान्सर रोगबाट बचाउन जनचेतना कार्यक्रम सञ्चालन आवश्यक देखिन्छ ।
यसैगरी, २०७८र ७९ मा १९ हजार ३१, २०७९र८० मा १६ हजार ६९६ र २०८०र८१ मा २२ हजार १५३ जना क्यान्सरका बिरामीले महाशाखाबाट उपचार खर्च लिएका महाशाखाका निर्देशक निरौलाले जानकारी दिनुभयो ।महाशाखाले विपन्न नागरिक औषधी उपचार कोषबाट क्यान्सर पीडितका लागि एक लाखसम्मको औषधी उपचारको व्यवस्था गर्दै आइरहेको छ ।
यस्तै, प्रदेश सरकारले पनि थप एक लाखसम्मको उपचार सहायता प्रदान गर्दै आएको छ । शरीरको कोष तथा कोषिकाको समूहको अस्वाभिक वृद्धि नै क्यान्सर रोग हो ।यसलाई एक प्रकारको गिर्खा वा ट्युमर पनि भनिन्छ ।
नेपालमा देखिएका मुख्य क्यान्सरमा फोक्सोको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, पेटको क्यान्सर र आन्द्राको क्यान्सर प्रमुख रहेका छन । पुरुषमा फोक्सो, पेट, आन्द्रा, मुख र थाइराइडको क्यान्सर बढी देखिएको छ भने महिलामा पाठेघरको मुख, स्तन, फोक्सो, पित्तथैली र डिम्बाशयको क्यान्सर प्रमुख छन् ।
अत्यधिक मद्यपान र सुर्तीजन्य पदार्थको सेवन, खानपिन, जीवनशैली, आराम, विकिरणको प्रभाव, जीवाणुको कारण, वंशाणुगत कारण जस्ता मुख्य कारणले क्यान्सर निम्त्याउने गर्छ ।
“भात, दाल, तरकारी, अचार नखाएर हामी बढीजसो फास्टफुड, जङ्कफुड, धुम्रपान, मद्यपान, पोलेको, व्यायाम नगर्दा, सडेगलेका तथा बासी खानेकुरा खाँदा धेरै नै क्यान्सर हुने जोखिम हुन्छ”, उहाँले भन्नुभयो,“ मोटोपनले गर्दा क्यान्सर हुने जोखिम दोस्रो कारक हो ।”
उहाँले खानपिन, आराम, व्यायाम, धुम्रपान, मद्यपान र मोटोपनलाई रोक्न सके क्यान्सरलाई कम गर्न सकिने बताउनुभयो । नेपालमा सबभन्दा बढी फोक्सो र त्यसपछि महिलाको पाठेघरको मुखमा हुने क्यान्सर रहेको छ । त्यसपछि स्तन क्यान्सर, पेटको क्यान्सर, ठुलो आन्द्राको क्यान्सर र रगतको क्यान्सर पर्ने गर्दछन् ।
सरकारले पाठेघरको मुखको क्यान्सर विरुद्धको लगाइने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप किशोरीलाई निःशुल्क लगाउँदै आएको छ ।
सरकारकै तहबाट क्यान्सर रोग उपचारका लागि भक्तपुर क्यान्सर अस्पताल, चितवनस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल स्थापना गरेको छ ।























