सिमकोट बिमानस्थल साँघुरो तर बिस्तारका र निर्माणका लागि आएको वजेट फिर्ता

हालको अति ब्यस्थ्य सिमकोट बिमानस्थलमा हवाई जहाजहरु । तस्विर : सि.टा.

सि.टा. समाचारदाता
सिमकोट ।            निक्कै सानो सिमकोट बिमानस्थलबिस्तारका लागि चालु आर्थिक वर्षमा विनीयोजित वजेट फिर्ता हुने भएको छ । यसका लागि चालु आर्थिक वर्षमा विनीयोजित वजेट फिर्ता जाने निश्चित भएपछि सो काम अगाडी नबढ्ने समस्या जस्ताको त्यस्तै हुने भएको हो ।

बिमानस्थ बिस्तारका लागि विनीयोजित वजेट फिर्ता जाने थाहा पाएपछि सिमकोट गाउँपालिका– ५ का स्थानीय बसन्त रोकायाले बल्लबल्ल ब्यवस्था भएको बजेट फिर्ता गएर पहिले कै अवस्था बिमानस्थल रहने अवस्था सृजना भएको बताए ।

पर्यटक आगमन बढ्न थालेपछि हालको बिमानस्थल सानो भएको कारण त्यसलाई बिस्तार गरेर बढी सिटे जहाज अवतरण गराउनका लागि बिमानस्थल बिस्तार र नयाँ निर्माण कार्य आवश्यक रहेको बेला ब्यवस्था भएको वजेट फिर्ता जान थालेकोमा उनले दुख ब्यक्त गरे ।

नागरिक उड्डयान प्राधिकरणले विनियोजित गरेको बजेटमा नेपाल सरकारले लागत साझेदारी गर्नु पर्ने बजेटको ब्यवस्था गरेर पनि निकासा अर्थ मन्त्रालयले नदिएको कारण सिमकोट बिमानस्थल विस्तार तथा निर्माण कार्यका लागि प्राधिकरणले ब्यवस्था गरेको वजेट फिर्ता जाने निश्चित भएको सिमकोट बिमानस्थल प्रमुख महेन्द्र बहादुर सिंहले बताए ।

यसको कारण अव बिमानस्थल बिस्तारका लागि जग्गा अधिकरण गर्ने कार्य र बिस्तार भएको जग्गामा बिमानस्थलका संरचना निर्माण कार्य अगाडी वढ्न सक्ने छैन ।

चालु आवमा यो कामका लागि प्राधिकरणले बीस करोड वजेटको ब्यवस्था गरेको थियो । सरकारले सात करोड ९४ लाख रुपियाँ चालु आर्थिक वर्षको वजेटमा व्यवस्था गरेको भएपनि अर्थ मन्त्रालयबाट सो रकम निकासा नआएको कारण सवै तयारी भएर पनि काम अगाडी बढ्न नसकेको उहाँले बताउनुभयो ।

बिमानस्थल बिस्तारका लागि साठी रोपनी जग्गा अधिकरण गर्नका लागि कार्यालयले सवै तयारी गरेर सुचना निकाल्ने कार्य मात्र बाँकी रहेको थियो ।

यसबिचमा अर्थ मन्त्रालयमा प्राधिकरयण मार्फत पटक पटक पत्राचार गर्ने पनि गरिएको थियो । अर्थ मन्त्रालयले यो काम अगाडी बढाउन उपयुक्त नठानेको कारण ब्यवस्था गरिएको वजेट फिर्ता जाने भएको हो । नेपालका धेरै ब्यस्थ्य हुने बिमानस्थल भित्र सिमकोट बिमानस्थल पनि पर्ने गर्छ ।

बिमानस्थल बिस्तार गरेर पर्यटकीय सिजनमा सिमकोट बिमानस्थलमा उनान्तीस र पैतालीस सिटे जहाज अवतरण गराउने उद्धेश्यका साथ प्राधिकरणले यो काम अगाडी बढाएको थियो । बजेट फिर्ता गएपछि सिमकोट बिमानस्थलले पुरानै अवस्थामा आफ्ना सेवा प्रवाह गर्नु पर्ने अवस्था आएको छ ।