घानालाई हराउँदै कोलम्बिया प्रि-क्वाटरफाइनलमा, अब स्विट्जरल्यान्डसँग भिड्ने

हुम्ला  ।         विश्वकप  फुटबलमा कोलम्बियाले प्रि-क्वाटरफाइनलमा स्थान बनाएको छ। शनिबार बिहान सम्पन्न अन्तिम ३२ को खेलमा दक्षिण अमेरिकी टोली कोलम्बियाले अफ्रिकी टोली घानालाई १-० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो।

प्रतिस्पर्धात्मक खेलमा घानालाई पराजित गर्न कोलम्बियाका लागि जोहन एराइसले गरेको एकमात्र गोल निर्णायक बन्यो।
अब प्रि-क्वाटरफाइनलमा कोलम्बियाले ७ जुलाईमा स्विट्जरल्यान्डको सामना गर्ने छ। खेलमा कोलम्बियाले दबाब राखेको थियो।

घानाले दोस्रो हाफमा संघर्ष गरेपनि गोल गर्न भने सकेन्। कोलम्बियाका लागि भने लुइस डियाजले राम्रा मौकाहरु बनाएका थिए। तर उसका केही उत्कृष्ट मौकालाई गोलरक्षकले विफल पारेका थिए।

प्रि-क्वाटरफाइनलमा कुन टिम कोविरुद्ध भिड्दै?
पाराग्वे विरुद्ध फ्रान्स
क्यानडा विरुद्ध मोरक्को
पोर्चुगल विरुद्ध स्पेन
अमेरिका विरुद्ध बेल्जियम
ब्राजिल विरुद्ध नर्वे
मेक्सीको विरुद्ध इंग्ल्यान्ड
अर्जेन्टिना विरुद्ध इजिप्ट
स्विट्जरल्यान्ड विरुद्ध कोलम्बिया