सि.टा. समाचारदाता
सिमकोट । हाल कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सञ्चालन भई रहेको प्रदेश स्तरीय फुटवल प्रतियागितामा हुम्ला सेमिफाईनलमा प्रवेश गरेको छ । राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी समेत छनौट हुने सो प्रतियोगिताको सेमिफाईनल खेल शनिबार हुनेछन् ।
शुक्रबारको पहिलो क्वाटर फाईनलमा हुम्लाले दैलेखलाई एकका बिरुद्ध दुई गोल गरेर बिजयी भएको थियो । त्यसमा हुम्लाकोतर्फबाट करन रावत र छ्वाङ लामाले एक एक गोल गरेका थिए ।
उक्त खेलमा रावत म्यान अफ द म्याच घोषित भएका थिए । त्यसैगरि शुक्रबारै भएको अर्को क्वाटर फाईनलमा जुम्लाले सल्यानलाई सुन्नेका बिरुद्ध चार गोल गरेर विजयी भएको थियो ।
यसअघि रुकुम पश्चिम र सुर्खेत क्वाटर फाईनलमा गई सकेका थिए । अव शनिबार क्याटर फाईनलका खेलहरु हुनेछन । त्यसमा हुम्लाले रुकुम पश्चिमसंग सामना गर्नेछ भने सुर्खेत र जुम्ला भिड्नेछन ।
प्रतियोगितामा दश वटै जिल्लाको सहभागिता रहेको छ । दशौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि यी खेलहरुबाट कर्णाली प्रदेशबाट खेल्ने खेलाडी समेत छनौट गरिनेछ । प्रतियोगिता बिहीबार सुरु भएको भएको थियो ।
























