पुर्णखोप सुनिश्चित घोषित भयो हुम्ला जिल्ला

फोटो क्याप्सन पुर्णखोप घोषणा कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख शर्मा । तस्बिर : सि.टा.

सि.टा. समाचारदाता
सिमकोट ।     हिमाली जिल्ला हुम्लालाई शनिबार एक कार्यक्रमको आयोजना गरेर पुर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ ।

जिल्लामा रहेका लक्षित समुहका बालबालिकाहरु सवैले खोप पाएको पाई सकेपछि जिल्लालाई पुर्णखोप सुनिश्चित घोषणा गरिएको हो ।
ढिलैगरि भएपनि हुम्ला जिल्लालाई पुर्णखोप सुनिश्चित तथा दिगोपना घोषित गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख चिकीतसक उमाकान्त तिवारीले बताए ।

जिल्लाका चौवालीस वटै वडामा रहेका लक्षित समुहका बालबालिका सवैले सवै प्रकारका खोप लगाएको पाईएपछि हुम्ला जिल्ला पुर्णखोप सुनिश्चित घोषणा गरिएको हो । स्वास्थ्य सेवा कार्यालयले घोषणा कार्यक्रममा सार्वजनिक गरेको बिबरण अनुसार जिल्लामा १६ देखि ५९ महिनासम्मका बालबालिकाहरु दुई हजार ३३४ जना रहेको त्यसमा सवैले सवै प्रकारका खोपहरु पाएका छन ।

यसमा गाउँपालिका अनुसार यो उमेर समुहका बालबालिकाहरुमा नाम्खामा १३ जना, सिमकोटमा ३५८ जना, खार्पुनाथमा ११८ जना, सर्केगार्डमा ८२० जना, चंङ्खेलीमा ८८ जना, अदानचुलीमा ५८१ जना र ताँजाकोटमा ३४८ जना रहनु भएको छ । यी सवै प्रकारका खोप पाउने उक्त उमेर समुहका बालबालिकाहरु मध्य दुई हजार १६० जनासंग खोप कार्ड भएको र १७४ जनाले खोप कार्ड विनै खोपहरु लगाएका छन् ।

जिल्लाभर गरिएको सर्वेक्षणका क्रममा खोजेर खोप पुरा गरिएका बालबालिकाहरु चार जना रहेका छन् । सुन्ने डोज खोप पाउने बालबालिका जिल्लामा नरहेको बताउदै चिकीत्सक तिवारीले बिचैमा छोड्ने भने चार जना रहेको बताए । यो बिचमा छोड्ने पनि नलगाएको नभई कारणवस अन्यत्र गई खोप लगाउने गरेको उनको भनाई छ ।

त्यसैगरि सुन्नेदेखि पन्द्र महिनाका बालबालिका पनि जिल्लाका सात वटै गाउँपालिकामा एक हजार ३७ जना रहेको र उनीहरु सवैले निर्धारित खोप लगाएको स्वास्थ्य सेवा कार्यालयका खोप सम्पर्क ब्यक्ति दुर्गा बहादुर श्रेष्टले बताए । यसका एक हजार ३४ जना बालबालिकामा खोप कार्य भएको र तीन जनामा सो कार्य नभएको तर खोप भने पाएका छन । यो उमेर समुहका बालबालिका मध्य नौ जनाले खोप लगाउने कार्य ड्रप आउट गरेका छन ।

त्यो पनि पहिले एउटा र पछि अर्को खोप केन्द्रमा खोप लगाउने कार्य गरिएको छ । यसअघि सात वटै गाउँपालिकाले वडास्तर र गाउँपालिका स्तरमा पनि पुर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको थियो ।

सवै गाउँपालिकाले घोषणा गरिसकेपछि जिल्ला खोप समन्वय समितिले स्वास्थ्य सेवा निर्देशनालयलाई पुर्णखोप घोषणा तथा दिगोपना प्रमाणीकरणका लागि अनुमति मागेको र त्यसपछि निर्देशनालयले अनुमति दिएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिबराज शर्मा, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल, सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी लगाएत घोषणा गर्नु मात्र ठुलो कुरो नभएको र यसलाई दिगोपना दिनुको साथै आगामी दिनमा कुनै पनि बालबालिका खोप सेवाबाट नछुट्ने कार्यमा लाग्नु पर्ने बताएका छन ।