कार्यालयमा हाजिर भएको दोस्रो दिनमै भन्सार अधिकृत शर्मा सम्पर्क बिहीन

फोटो क्याम्पस : सम्पर्क बिहीन शर्मा । तस्बिर : फाईल फोटा

सि.टा. समाचारदाता
सिमकोट । रसुवाको भोटेकाशीमा आएको भीषण बाढीको कारण भन्सार कार्यालयमा हाजिर भएको दोस्रो दिनमै हुम्लाका नकुल शर्मा सम्पर्क बिहीन भएका छन् । हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिका–२ निवासी शर्मा मंगलबार १० वजेबाट सम्पर्क वहीन भएका हुन ।

रसुवा भन्सार कार्यालयमा भन्सार अधिकृत कार्यरत शर्मा बुधबार बिहान करिब १० बजेदेखि सम्पर्क विहीन भएका छन् । उनी पन्द्र जना रसुवा भन्सार कार्यालयका सम्पर्क बिहीन कर्मचारीमा पर्छन । बाढीपछि परिवारसँग सम्पर्क हुन नसक्दा परिवारजनमा चिन्ता बढेको छ । शर्मासंगं घटना अघि परिवारसंग कुराकानी भएको थियो ।

त्यसयता शर्मासँग परिवारको सम्पर्क हुन सकेको छैन । १० बजेपछि सम्पर्क हुन छाडेपछि आफुले पनि पटक–पटक फोन गरेको तर मोबाइल स्विच अफ भएको उनका भतिज लिलाराज शर्माले बताए । काकाको अवस्थाबारे जानकारी नपाउँदा परिवारमा निकै तनाव र चिन्ता बढेको उनको भनाई छ ।

शर्माको अवस्थाबारे बुझ्न स–परिवार आतुर रहेको छ । शर्मा मंगलबार मात्र रसुवा भन्सार कायाृलयमा सरुवा भएर हाजिर भएका थिए । त्यसअघि उनी ईलामको पशुपतिनगर भन्सार कार्यालयमा कार्यालय प्रमुखका रुपमा कार्यरत रहेका थिए । रोजेर सरुवा उनले मागेका थिए ।

उनले शर्मासँगै कार्यरत कर्मचारी, घटनास्थल आसपासमा रहेका व्यक्ति वा उनको अवस्थाबारे कुनै विश्वसनीय जानकारी प्राप्त भएका व्यक्तिलाई परिवारजनलाई तत्काल जानकारी गराइ दिन आग्रह गरे ।

शर्माको वारे कुनै जानकारी प्राप्त भएमा ९८५८०५५४३३ नम्बरमा सम्पर्क गरी जानकारी गराउन परिवारले अनुरोध गरेको छ । शर्मा सुरक्षित र सकुशल रहेको खबर प्राप्त हुने आशामा परिवारजन रहनु भएको छ । शर्माका दुई छोरा र श्रीमति हुनुहुन्छ ।