सि.टा. समाचरादाता
सिमकोट । नेपाली काँग्रेसका नेवा एव कर्णाली प्रदेशका पुवमुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली काँग्रेसको पन्द्रौ महाधिबेशनमा सहमहामन्त्री पदमा उम्मेदवार दिने घोषणा गरेका छन । आईतबार नेता शाहीले पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन ।
आईतबार बिहान पुर्वमुख्यमन्त्री शाहीले नेपाली काँग्रेसको पन्द्रौ महाधिबेशनमा आफुले पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा उम्मेदवारी दिने बताएका छन । पिछडिएको क्षेत्रको प्रतिनिधित्व मात्र नभएर परिणाम निकाल्नका लागि आफ्नो उम्मेदवारी रहेको उनले बताए । उनले आफ्नो सहमहामन्त्री पदमा उम्मेदवारी दुर्गम पिछडिएको क्षेत्रको आवाजलाई संस्थागत गर्न, अवसरमा न्यायपुर्ण पहुँचका लागि पहल गर्न, युवालाई केवश झण्डा बोक्ने नभई नेतृत्व गर्ने अवसरको खोजी गर्न, केन्द्र र गाउँ कार्यकर्ताबिचको दुरी घटाउन नियमित सम्वाद र प्रत्यक्ष सम्पर्कको संस्कारको बिकास गर्न र सहमहामन्त्री पदलाई सुविधाको नभई जिम्मेवारी बनाउने किसिमले रहेको प्रतिबद्धता जनाएका छन । मुख्यगरि उनले पिछडिएको क्षेत्रको आवान केन्द्रमा बुलन्द किसिमले उठाउने पनि उनले प्रतिबद्धता जनाएका छन । नेपाली काँग्रेसको चौधौ महाधिबेशनमा पनि उनी सहमहामन्त्री पदमा झिनो मतले पराजित भएका थिए ।
फोटो क्याप्सन
सहमहामन्त्रीमा उम्मेदवारी घोणषा गरेका नेता शाही ।








